सौरभ गांगुलीले लिए भारतीय क्रिकेट बोर्ड अध्यक्षको जिम्मेवारी

खरीबोट

मुम्बई । भारतीय पूर्व क्रिकेट कप्तान सौरभ गांगुलीले बुधबार भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को अध्यक्षको जिम्मेवारी लिएका छन् ।

बिसिसिआईको मुख्यालयमा सम्पन्न वार्षिक साधारण सभाले गांगुलीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चुनेको थियो । अध्यक्ष पदका लागि गांगुलीको मात्र उम्मेदवारी परेको थियो । 

बोर्डका प्रशासकीय समितिका सदस्य डायना इदुल्जीले बिसिसिआईको मुख्यालयमा पत्रकारहरुसँग कुरा गर्दै भारतीय क्रिकेटको इतिहासमा पहिलो पटक कुनै खेलाडीले मुख्य जिम्मेवारी पाएकामा खुशी लागेको बताए । यो समितिको म्याद पनि नवनिर्वाचित कार्य समितिले सपथ लिएसँगै समाप्त भएको छ । 

केन्द्रीय गृहमन्त्री अमित शाहका छोरा एवं गुजराज क्रिकेट संघका जय शाह बोर्डको सचिवमा निर्वाचित भएका बिसिसिआईको निर्वाचन अधिकृत एन गोपालास्वामीले बताए ।

यस्तै, बोर्डको उपाध्यक्षमा उत्तराखण्ड क्रिकेट संघका महिम बर्मा तथा संयुक्त सचिव पदमा केरला क्रिकेट संघका जयेश जर्जले उम्मेदवारी दिएका थिए । 

हिमाचल प्रदेश क्रिकेट संघका अरुण सिंह धुमलले कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको बोर्डको निर्वाचन समितिले जनाएको छ ।
 

सम्बन्धित समाचार

क्रिकेट : नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ। ढाकास्थित साभार क्रिकेट मैदानमा आज भएको समूह चरणको खेलमा नेपाल बङ्गलादेशसँग आठ विकेटले

सागका लागि पुरुष र महिला क्रिकेट टिमको घोषणा, को को परे ?

काठमाडौं । आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपालले बिहीबार पुरुष र महिला क्रिकेट टोलीको नाम सर्वजनिक गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुषतर्फ ज्ञानेन्द्र मल्ल र

नेपाली युवा क्रिकेट टिमको भारतमा लगातार दोस्रो हार 

काठमाडौँ । भारतको भ्रमणमा रहेको नेपाली अन्डर १९ क्रिकेट टिम भारतको अन्डर १९ ए टिमसँग पनि पराजित भएको छ । आज सम्पन्न खेलमा भारतको अन्डर १९ ए टिमले नेपाललाई १०७ रनले

राष्ट्रिय क्रिकेट टोली बङ्गलादेश प्रस्थान

काठमाडौँ । बङ्गलादेशमा यसै सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेका छन्। कात्तिक २८ देखि मङ्सिर ७ गतेसम्म सञ्चालन हुने उक्त


z