पूजा बोहरामाथि सामूहिक बलात्कार गर्ने दोषी ठहर

खरीबोट

काठमाडौँ । सर्वोच्च अदालतले सामूहिक बलात्कार पीडित पूजा बोहराको मुद्दामा तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले गरेको फैसलालाई उल्टाउँदै अभियुक्तलाई दोषी ठहर गरेको छ । 

न्यायाधीशद्वय सपना प्रधानमल्ल र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले अभियुक्तलाई दोषी ठहर गरेको हो । नयाँ कार्यविधिअनुसार दोषीलाई कसुर सजाय निर्धारण भने अर्को सुनुवाइपछि मात्र तय हुनेछ । सर्वोच्च अदालतले जिल्ला अदालत बैतडीले गरेको फैसला सदर गरेको छ । 

विसं २०६९ पुस ९ गतेका दिन जिल्ला अदालत बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय भट्ट र अवस्थीलाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १३ वर्ष कैद र जनही ५०-५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको सुनाएको थियो । 

बैतडी जिल्ला अदालतले गरेको सो फैसलालाई पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले उल्ट्याउँदै अभियुक्तद्वय भट्ट र अवस्थीलाई निर्दोष सावित गरेको थियो । तर सो फैसलालाई सर्वोच्च अदालतले उल्टाएको छ ।

सो पुनरावेदनको फैसलाविरुद्ध बोहराले सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दर्ता गरेकी थिइन् ।

एसएलसी परीक्षा दिँदै गर्दा सामूहिक बलात्कार पीडित बोहोरा २०६८ सालको एसएलसी परीक्षा चलिरहेका बेला गणित विषयको गेसपेपर किन्न जाँदा बैतडी जिल्ला भूमेश्वर–३ को जगन्नाथ पुस्तक पसलका सञ्चालक २३ वर्षीय सागर भट्ट र बैतडी गुजर–२ को चाँदनी फोटो स्टुडियोको सञ्चालक ३० वर्षीय अमर अवस्थीले सामूहिक बलात्कार गरेका थिए ।

सम्बन्धित समाचार

निजगढ विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले शुक्रबार काम अघि नबढाउन आदेश दिएको हो । पूर्वसचिव

स्थानीय तहका पदाधिकारीले लिएको सुविधा कानूनविपरीत

काठमाडौँ । सर्वोच्च अदालतले प्रदेशसभाले स्थानीय तहका पदाधिकारी तथा सदस्यले मासिक पारिश्रमिक, ज्याला, तलबसहितको सुविधा लिनु कानूनविपरीत भएको फैसला सार्वजनिक गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधिश दीपककुमार कार्की, केदारप्रसाद चालिसे,

बिओकेका पुर्व सिइओ अजय श्रेष्ठलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश 

काठमाडौं । सर्वोच्च अदालतले बैंक अफ काठमाडौँ (बिओके) का पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र पूर्व कर्मचारी किरणकुमार बोहरालाई एक एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ । बैंकिङ

एनसेलले २१ अर्ब १० करोड पूँजीगत लाभकर तिर्नुपर्ने फैसला

काठमाडौँ । सर्वोच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको लाभकरसम्बन्धी विवादमा एनसेलले रु २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ पूँजीगत लाभकर तिर्नुपर्ने फैसला गरेको


z