काठमाडौँ । टी-२० विश्वकप छनौट अन्तर्गत समुह ए बाट छनौट हुने तीन टिमको टुंगो लागेको छ ।
आज सम्पन्न समुह ए अन्तर्गतको अन्तिम खेलमा नेदरल्याण्डसले स्कटल्याण्डलाई पराजित गरेसँगै समुह ए बाट नेदरल्याण्डस विश्वकपमा छनौट भएको छ ।
स्कटल्याण्डले दिएको १३१ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १७ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
योसँगै समुह ए बाट पीएनजी, नेदरल्याण्डस र नामिबिया विश्वकपका लागि छानिएका छन् ।
पिएनजीको ६ खेलमा ५ खेल जितेर १० अंकसहित शिर्ष स्थानमा हुदै छनौट भएको छ भने नेदरल्याण्डस पनि ६ खेलमा ५ खेल जितेर १० अंक हासिल गर्दै रनरेटको आधारमा दोस्रो भएर विश्वकपका लागि छनौट भएको छ ।
त्यस्तै नामिबियाले ६ खेलमा ४ खेल जितेर ८ अंक हासिल गर्दै तेस्रो भएर विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
समुह ए बाट स्कटल्याण्ड, केन्या, सिंगापुर र बर्मुडा बाहिरिएका छन् । स्कटल्याण्डले ३ खेल जितेर ६ अंकसहित चौथो स्थान हासिल गर्यो भने केन्या र सिंगापुरले २-२ खेल जितेर ४-४ अंक हासिल गर्दै पाँचौ र छैठौ स्थान हासिल गरे ।
त्यस्तै बर्मुडाले भने सबै ६ खेलमा हार बेहोरेको थियो ।
समुह बि को अन्तिम निर्णय भने सोमबार हुने खेलबाट मात्र हुने छ ।