पिएनजी र नेदरल्याण्डस टी-२० विश्वकप छनौटको फाइनलमा

खरीबोट

काठमाडौँ । पिएनजी र नेदरल्याण्डस टी-२० विश्वकप छनौटको फाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न सेमिफाइनलका दुवै खेलमा पिएनजी र नेदरल्याण्डस विजयी हुदै फाइनलमा पुगेका हुन् ।

पिएनजीले सेमिफाइनलमा नामिबियालाई १८ रनले पराजित गरेको थियो । पिएनजीले दिएको १३० रनको लक्ष्य पछाएको नामिबिया २० ओभरमा ५ विकेट गुमाउदै ११२ रन मात्र बनाए पछि खेल १८ रनले हारेको थियो ।

त्यस्तै अर्को सेमिफाइनल खेलमा नेदरल्याण्डसले आयरल्याण्डलाई २१ रनले पराजित गरेको छ । नेदरल्याण्डसले दिएको १५९ रनको लक्ष्य पछाएको आयरल्याण्ड २० ओभरमा ९ विकेट गुमाउदै १३७ रन मात्र बनाएको थियो ।

अब फाइनल खेल पिएनजी र नेदरल्याण्डसबीच आज हुदै छ । त्यस्तै आजै तेस्रो स्थानको प्लेअफमा आयरल्याण्ड र नामिबिया पनि आजै खेल्दै छन् ।

२०२० मा हुने टी-२० विश्वकप छनौटमा पिएनजी, नेदरल्याण्डस, आयरल्याण्ड, नामिबिया, स्कटल्याण्ड र ओमान छनौट भएका छन् ।                 
 

सम्बन्धित समाचार

पारस र सन्दीपको वरियता खस्कियो 

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको नयाँ वरीयतामा नेपाली क्रिकेट टिममा पूर्वकप्तान पारस खड्काको वरीयता खस्किएको छ । पारस नयाँ वरीयता अनुसार टी-२० को ब्याटिङमा ५५औं स्थानमा रहेका छन् भने

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपक चहरको विश्व किर्तिमान

काठमाडौं । भारतीय तिब्र गतिका बलर दीपक चहरले टी-२० अन्तर्राष्रि, य क्रिकेटमा कीर्तिमानी बलिङ गरेका छन् । गएराती बंगलादेशविरुद्धको खेलमा चहरले ३.२ ओभरमा ७ रन दिएर ह्याट्रिकसहित ६ विकेट लिदै नयाँ

बंगलादेशविरुद्धको टी-२० सिरिज भारतले जित्यो 

काठमाडौं । भारतले बंगलादेशविरुद्धको टी-२० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा जित हासिल गर्दै भारतले सिरिज २-१ ले जितेको हो । भारतले दिएको १७५ रनक ओअल्क्ष्य पछाएको बंगलादेश

विश्वकप फाइनल दोहोरियो, इङल्याण्डले न्युजील्याण्डलाई सुपर ओभरमा हरायो

काठमाडौँ । इङल्याण्डले न्युजील्याण्डलाई सुपर ओभरमा पराजित गर्दै टी-२० सिरिज जितेको छ । खराब मौसमले प्रभावित भएको खेल ११-११ ओभर खेलाइएको थियो । न्युजील्याण्डले दिएको १४७ रनको लक्ष्य पछाएको इङल्याण्डले ११


z