कुमारी हल आजदेखि बन्द

खरीबोट

काठमाडौँ । कमलपोखरीस्थित सिटि सेन्टर नजिकै रहेको क्यूएफएक्सको कुमारी हल बन्द हुने भएको छ । १८ कात्तिकबाट यो हलमा प्रदर्शन सेवा बन्द गर्न लागिएको हो । मर्मतसम्भारका लागि हल बन्द गर्न लागिएको जानकारी टाँसिएको सूचनामा उल्लेख छ ।

सूचनामा हलभित्रका कुर्सी, कार्पेट र शौचालय मर्मत गर्न लागिएको सूचनामा उल्लेख गरेपनि कहिलेदेखि हल संचालनमा आउनेछ भन्ने चाहिँ खुलाइएको छैन । कार्यरत कर्मचारीहरुलाई क्यूएफएक्सले आफ्ना अन्य शाखाहरुमा सारेको छ ।

कुमारी हल प्रिमियर र फेस्टिभलका लागि नेपालमै चर्चित मध्ये मानिन्छ । ठूला फिल्मदेखि अन्तराष्ट्रिय फेस्टिभल यहीँ भएका छन् ।

विशेष समारोहबीच विहिबार मल्टिप्लेक्सको ओपनिङ गरेर क्यूएफएक्सले भक्तपुरमा निर्माण गरिएको नयाँ हल आगामी शुक्रबारदेखि संचालनमा ल्याउँदैछ । समयअवधि नतोकिएपनि अब मर्मतसम्भारको कार्य पूरा नभएसम्म कुमारी हल बन्द रहने देखिन्छ ।

सम्बन्धित समाचार

ए मेरो हजुर-४ मा अनमोल अनुबन्धित 

काठमाडौँ । अभिनेता अनमोल केसीले 'ए मेरो हजुर ३' को सफलतापछि ए मेरो हजुरको चौथो संस्करणमा पनि आउने भएका छन् । ए मेरो हजुर-३ निर्देशन गरेकी निर्देशक तथा निर्मात्री झरना थापाले

अभिनेत्री शिल्पा अदालतमा हाजिर, साधारण तारेख छोड्न आदेश 

काठमाडौँ । जिल्ला अदालतले बहुविवाहको मुद्दामा नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । बहुविवाहको मुद्दामा फरार रहेकी शिल्पा शुक्रबार जिल्ला अदालत, काठमाडौंमा हाजिर भएकी हुन् । शुक्रबारै उनलाई

भिटेनले गाए ‘सरौतो’को प्रमोशनल गीत 

काठमाडौँ ।  युवापुस्ता माँर्झ यापर भिटेन (समिर घिसिङ) परिचित छन् । उनका गीतले ट्रेण्डिङको शिर्ष स्थान पाउनुले नै उनको फ्यान फ्लोअर्सलाई प्रस्ट्याउछ । र्यापमार्फत उदाएका भिटेनले मङ्सिर १३ गते रिलिज हुने

‘प्रेम गीत ३’ को सुभमुहर्त, आजैदेखि छायांकनमा

काठमाडौँ । बर्षकै प्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’को छायांकन सुरु गरिएको छ ।  काठमाडौँस्थित दक्षिणकाली मन्दिरमा शुभमुहर्त गरेर आजैबाट यो चलचित्रको छायांकन थालिएको हो । चलचित्र आगामी चैत २८ मा प्रदर्शन हुनेछ


z