• २०८१ बैशाख १४ शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा प्रदेश प्रमुख नियुक्त, आज शपथ हुदै 

kharibot

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रदेश प्रमुख पदमा नियुक्त गरेकी छिन् ।

सरकारले प्रदेश प्रमुखहरुको नाम सिफारिश गरेसँगै राष्ट्रपति भण्डारीले सोमबार उनीहरुलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालय शितलनिवासबाट जारी गरिएको पत्रमा भनिएको छ, मिति २०७६ साल कात्तिक १८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिषरिषद्को सिफारिसमा देहाय बमोजिमका महानुभावहरुलाई देहाय बमोजिम प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ।”

राष्ट्रपति भण्डारीले सरकारको सिफारिशमा प्रदेश १ मा सोमनाथ प्यासी, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

नवनियुक्त प्रदेश प्रमुखहरुको शपथ आज हुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै