जलेश्वर । आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनमा महोत्तरीमा चार पदका लागि उप निर्वाचन हुने भएको छ ।
जिल्ला निर्वाचन अधिकारी पुष्पा झाका अनुसार उपनिर्वाचनमा जिल्लामा दुई नगरपालिका र एक गाउँपालिकाको चार पदका लागि उपनिर्वाचन हुनेभएको छ ।
एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षको स्थान रिक्त रहेको छ । पिपरा गाउँपालिकाको अध्यक्ष र बलवा नगरपालिकाको वडा नं २ र ८ का वडाध्यक्षको मृत्यु भएकाले सो पदका लागि निर्वाचन हुनेछ ।
त्यस्तै मटिहानी नगरपालिका ६ का वडाध्यक्षको नाम लोकसेवामा सिफारिस भएपछि रिक्त स्थानमा निर्वाचन हुने झाले बताए ।
सो उपनिर्वाचनमा २४ हजार ४ सय ९२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।