१०८ मेगा पिक्सेल क्यामेरा भएको मोबाइल फोन सार्वजनिक

खरीबोट

चिनियाँ प्रविधि कम्पनी साओमीले एक सय आठ मेगापिक्सेलको क्यामेरा भएको  मोबाइल फोन सार्वजनिक गरेको छ।

उक्त हाइरिजोल्युसन सेन्सर दक्षिण कोरियाली कम्पनी सामसङले विकास गरेको भए पनि उसकै आफ्नो उत्पादनमा भने यो 'फिचर' राखिसकेको छैन।

चिनियाँ कम्पनीका अनुसार उक्त फिचरले "अत्यधिक मात्रामा स्पष्ट तस्बिर" कैद गर्ने क्षमता राख्छ । तर एउटा परीक्षणले भने उक्त फोनबाट खिचिएका तस्बिरमा कम रिजोल्युसन भएका फोनभन्दा बढी डिजिटल विकृतिहरू समावेश हुने देखाएको छ।

एमआइसीसी ९ प्रो प्रिमियम नाम गरेको उक्त फोन हालका लागि चिनियाँ बजारमा मात्र उपलब्ध हुनेछ। तर साओमीले उक्त प्रविधि बुधवार सार्वजनिक गरेको एमआइ नोट-१० मा समावेश छ ।

अनुसन्धान गर्ने कम्पनी क्यानलिजका अनुसार साओमी हाल विक्रीका हिसाबले विश्वकै चौथो ठूलो स्मार्टफोन उत्पादक हो।

युरोपमा उक्त फोनको विक्री तीव्र रूपमा फैलिँदैछ र सन् २०२० मा जापानमा समेत बजार विस्तार गर्ने कम्पनीले घोषणा गरिसकेको छ।

हालसम्म एक सय मेगापिक्सलभन्दा बढीको सेन्सर मध्यम स्तरका डिजिटल क्यामेरामा प्रयोग गरिन्थ्यो जसको मूल्य हजारौँ पाउन्ड पर्न सक्छ।

गुणस्तर राम्रो हुने भए पनि उक्त एक सय आठ मेगा पिक्सेल सेन्सरद्वारा खिचिएको तस्बिरले फोनको स्टोरेजमा प्रभाव पार्नेछ। त्यस्तै ती तस्बिर सम्पादन गर्न बढी शक्ति लाग्नेछ।

तर उक्त फोनमा कम रिजोल्युसनमा तस्बिर खिच्न सकिने विकल्प पनि राखिएको छ।

सम्बन्धित समाचार

के हुन्छ गर्भवतीले मोबाइल धेरै चलाए?

गर्भवती महिलाले लामो समयसम्म मोबाइल फोन हेर्नाले आँखालाई असर गर्ने तथा पेटमा भएको बच्चाको  व्यवहारमा समेत असर पर्न सक्छ। स्मार्टफोन अहिले दैनिक जिन्दगीको महत्वपुर्ण भाग बनिसक्यो जसलाई चाहेर पनि मनिसहरु छुटकारा

१०८ मेगा पिक्सेल क्यामेरा भएको मोबाइल फोन सार्वजनिक

चिनियाँ प्रविधि कम्पनी साओमीले एक सय आठ मेगापिक्सेलको क्यामेरा भएको  मोबाइल फोन सार्वजनिक गरेको छ। उक्त हाइरिजोल्युसन सेन्सर दक्षिण कोरियाली कम्पनी सामसङले विकास गरेको भए पनि उसकै आफ्नो उत्पादनमा भने यो

आरबिबि मोबाइल बैंकिंग महामेलाका विजेतालार्ई पुरस्कार वितरण 

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आरबिबि मोबाइल बैंकिंगको प्रवद्र्धनको लागि गत भाद्र १८ देखि असोज ३० गते सम्म एफवान सफ्टको सहकार्यमा संचालन भईरहेको आरबिबि मोबाइल बैंकिंग महामेलामा करिब ७३

ओपोको नयाँ मोबाइल रेनोटू एफ सार्वजनिक, यस्ता छन् विशेषता 

काठमाडौं । ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । रेनोटू एफ, ओपोको लोकप्रिय रेनो सिरिज अन्तर्गत भित्र्याइएको नयाँ संस्करण हो । प्रयोगकर्ताको रचनात्मकतालाई थप


z