बलिवुडमा अमिताभको ५० बर्ष पुरा, कति थियो पहिलो फिल्मको पारिश्रमिक ?

खरीबोट

मुम्बई । बलिवुडका महानायक अमिताभ बच्चनको बलिवुड यात्राको ५० बर्ष पुरा भएको छ ।

सन् १९६९ को नोभेम्बर ७ मा अमिताभ अभिनित पहिलो फिल्म सात हिन्दुस्तानी रिलिज भएको थियो । ५० बर्ष अघि सुरु भएको अमिताभको फिल्मी क्यारियर अहिलेसम्मपनि उत्तिकै सक्रिय रुपमा जारी रहेको छ ।

पहिलो फिल्म सात हिन्दुस्तानीमा अमिताभले उत्पल दत्त, मधु एके हंगल लगायतका कलाकारसँग अभिनय गरेका थिए । फिल्म गोवाको पोर्तुगाली शासन मुक्त गराउने अभियानमा सात हिन्दुस्तानीको कथा देखाइएको थियो । फिल्मलाई ख्वाजा अहमद अब्बासले निर्माण र निर्देशन गरेका थिए ।

अहिले एक फिल्मका लागि करौडौ पारिश्रमिक लिने अमिताभले अफिलो फिल्ममा कति पारिश्रमिक लिए होलान भन्ने कौतुहलता सबैमा रहेको छ । अमिताभले सात हिन्दुस्तानीका लागि ५ हजार पारिश्रमिक लिएका थिए । त्यो समयका अभिनेताका लागि यो पारिश्रमिक कम भएपनि अमिताभले पैसा नहेरी फिल्ममा काम गर्न स्वीकृति जनाएका थिए ।       
 

सम्बन्धित समाचार

अमिताभको फिल्मबाट निकालिइन् कृति !

मुम्बई । बलिवुड अभिनेत्री कृति खरबंदा अहिले एकपछि अर्को सफल फिल्ममा काम गरिरहेकी छन् । हालै रिलि भएको फिल्म हाउसफुलपछि अहिले फिल्म पागलपंतिको प्रमोशनमा व्यस्त रहेकी छन् । मिडिया रिपोर्टका अनुसार

मिस वर्ल्ड मानुषीको यशराज ब्यानरबाट बलिवुडमा डेभ्यु हुने

मुम्बई । बलिवुडको चर्चित फिल्म निर्माण ब्यानर यशराज फिल्म्सले घोषणा गरेको ऐतिहासिक फिल्म 'पृथ्वीराज' मा अक्षयकुमारको अपोजिटमा २०१७ की मिस वर्ल्ड मानुषी छिल्लरले डेभ्यु गर्ने भएकी छन् । यस अघि यशराजले

मिटू आरोप बारे बोले अनु मलिक–मेरो क्यारियर कलंकित भयो

काठमाडौँ । मिटूको आरोप लागेका बलिवुड गायक अनु मलिकले अन्तत: आफ्नो मुख खोलेका छन् । २०१८ मा दुई गायिकाले मालिकलाई मिटूको आरोप लगाएपछि संगीतकार तथा गायक मलिकले पहिलो पटक आफ्नो

सारा र कार्तिकको अफ्येर्समा अमृता भिलेन !

मुम्बई । बलिवुड अभिनेत्री सारा अली खानले बलिवुडमा डेभ्यु गरेको छोटो समयमा नै आफ्नो प्रभाव जमाउन सफल भएकी छन् । गत बर्ष केदारनाथबाट बलिवुडमा डेभ्यु गरेकी सारा फिल्मको कारण अहिले


z