मलेसियामा एक नेपालीको मृत्यु

खरीबोट

राजविराज । सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । 

मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित  जिलियन क्रेसियन कम्पनीमा कार्यरत  यादव  ड्युटीमा जानका लागि  तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिए ।

अचानक बेहोस भएर मृत्यु भएको भनिएपनि कुन कारणले कसरी मृत्यु भएकोबारे यकिन हुन नसकेको यादवका पारिवारिका स्रोतले जनाएको छ  ।  

यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल  सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न  निकायलाई आग्रह गरिएको छ । दुई वर्षअगाडि यादव  रोजगारीको सिलसिलामा मलेसिया गएको  थियो ।
 

सम्बन्धित समाचार

चार महिनामा वैदेशिक रोजगारीमा रहेका २५१ नेपालीको मृत्यु

काठमाडौं । सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन विभिन्न पहलकदमी लिइरहँदा पछिल्लो समय वैदेशिक रोजगारी झन् असुरक्षित बन्न थालेको छ। असुरक्षित वैदेशिक रोजगारीका कारण दश वर्षका अवधिमा सात हजार ५०० बढी नेपालीले

मलेशिया रोजगारका लागि मेडिकलको नाममा लिएको रकम फिर्ता गर्न निर्देशन

काठमाडौँ । वैदेशिक रोजगार विभागले मलेशिया रोजगारीका नाममा पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरी ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग रकम असुल नगर्न निर्देशन दिएको छ ।  वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रिया

खारेजीमा परेका म्यानपावरको ठगी रोकिएन

काठमाडौँ । वैदेशिक रोजगार विभागबाट खारेजीमा परेका म्यानपावर कम्पनीले वैदेशिक रोजगारीसँग गतिविधि गर्दै आएको भेटिएको छ ।  विभागको सूचीबाट खारेजीमा परेको कामपा¬–४ चप्पलकारखानास्थित सि लिङ्क ओभरसिज सर्भिस प्रालिबाट ५२२ वटा राहदानी

वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक समूहको प्यानल विजयी

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा लोकतान्त्रिक समूहको ‘प्यानल’ नै विजयी भएको छ । सङ्घको २७आँै साधारणसभाअन्तर्गत गएराति सम्पन्न निर्वाचनका क्रममा नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी


z