उपनिर्वाचन २०७६ : उम्मेदवारको विरोधमा उजुरी परेन

खरीबोट

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निम्ति आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवारका रूपमा मनोनयनपत्र दर्ता गराएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ तथा प्रदेशसभा सदस्यका लागि भक्तपुर जिल्ला  निर्वाचन क्षेत्र नं १, बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं २ को २ र दाङ जिल्ल्ला निर्वाचन क्षेत्र नं ३ मा उम्मेदवारी दिएकाहरूविरुद्ध उजुरी नपरेको हो ।

आयोगले सम्बन्धित जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरीका लागि आज बिहान ११ देखि अपराह्न ५ बजेसम्म समय निर्धारण गरेकामा उक्त समयमा कसैले पनि उजुरबाजुर नगरेका हुन् ।  
 

सम्बन्धित समाचार

उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने

भक्तपुर । आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले तोकेको २२ मध्ये १० वटा मतदानस्थल संवेदनशील रहेको छ। उपनिर्वाचनमा चाँगुनारायण नगरपालिकाभित्रका नौ वटा वडा र

निराश जनतालाई उत्साहित बनाउन काङ्ग्रेस जित्नुपर्छ : नेता रिजाल

पोखरा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालले निराश जनतालाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्नुपर्ने बताएका छन्। कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिसमेत रहेका रिजालले

उपनिर्वाचन २०७६ : चितवन तयारी तीव्र

चितवन । आउँदो मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि चितवनको तयारी तीव्र पारिएको छ। बुधबार २७ गते स्थानीय तहका लागि मनोनयन गर्नुपूर्व सर्वदलीय बैठक बसेर दल र उम्मेदवारलाई

उपनिर्वाचन २०७६: मकालुका सबै मतदान केन्द्र संवेदनशील

खाँदबारी । मकालुका सबै मतदान केन्द्रलाई संवेदनशील मानिएको छ। सङ्खुवासभाको मकालु गाउपालिकामा अध्यक्ष पदका लागि लागि आगामी मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ। खाँदबारी नगरपालिका–३ मा समेत वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ।


z