• २०८१ बैशाख १५ शनिबार

एमसीसीले नेपाललाई १९० रनको लक्ष्य दियो 

kharibot

फाइल तस्बीर

काठमाडौँ । नेपाल भ्रमणमा रहेको मरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेपालको मिक्स टिमबीच आज टी-२० खेल भइरहेको छ ।

एमसीसीले टस जितेर पहिला ब्याटिंग गर्दै नेपाललाई १९० रनको लक्ष्य दिएको छ । एमसीसीले २० ओभरमा ७ विकेट गुमाउदै १८९ रन बनाएको हो ।

एमसीसीका लागि विल गोडलेम्यानले सर्वाधिक ५४ रन बनाए । त्यस्तै एड योंगले ४२ रन बनाए भने माइल्स हाम्मोडले २९ रन बनाए । त्यस्तै एलेक्स थम्प्सनले अविजित २० रन बनाएका थिए ।

नेपाली बलर रसिद खानले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए । त्यस्तै कमल सिंह ऐरी, जितेन्द्र मुखिया, अविनाश बोहोरा र सुशान भारीले एक एक विकेट लिएका थिए ।

एमसीसीविरुद्ध नेपाल आज रोहित पौडेलको कप्तानीमा खेलिरहेको छ । आजको टिममा रोहितसहित जितेन्द्र मुखिया, आसिफ सेख, कुशल भुर्तेल, अविनाश बोहोरा, रसिद खान, कमल सिंह ऐरी, भिम सार्की, अमीत श्रेष्ठ, सन्दीप जोरा र सुशान भारी रहेका छन् ।        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै