बालुवाटारमा सर्वदलीय बैठक सुरु

खरीबोट

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठकमा भारतीय नयाँ नक्शा सार्वजनिक गरेपछिको अवस्था बारे छलफल हुने बताइएको छ । 

बैठकमा दलका शीर्ष नेता र परराष्ट्र विज्ञलाई बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

बैठकले सीमा विवादका विषयमा साझा धारणा तय गर्ने अपेक्षा गरिएको छ । 

बैठकमा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधनवकुमार नेपाल, समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँगै मन्त्रिपरिषदका सदस्य, पुर्व परराष्ट्रमन्त्रीहरु तथा नेकपा शीर्ष नेतासँगै विभिन्न दलका शीर्ष नेताको सहभागीता रहेको छ । 

भारतको नक्शामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि नेपालमा त्यसको विरोध जारी रहेको छ ।

सम्बन्धित समाचार

प्रचण्ड कस्तो कार्यकारी ?

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र दुई अध्यक्षबीच लामो समयदेखि चलेको अन्तरद्वन्दलाई तत्कालका लागि समाधान गरिएको छ । बुधबार बसेको सचिवालय बैठकले एक अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले

प्रधानमन्त्री ओलीको कारवाहीमा ६ मन्त्री र ३ राज्यमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तत: मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । बुधबार साँझ सार्वजनिक नयाँ मन्त्रिपरिषद्को सुची अनुसार पुराना ६ मन्त्री र ३ राज्यमन्त्री हटाइएको छ । सरकारबाट बिदा हुनेमा

मन्त्रिमण्डल पुनर्गठनमा ढिलाई !

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठनका लागि जुटे पनि अन्ततः आज (बुधबार) मन्त्रिमण्डल पुनगर्ठन नहुने भएको छ । दुई अध्यक्षबीच राष्ट्रपति विद्यादेवी भण्डारीको मध्यस्थतामा मन्त्री हेरफेरमा सहमति जुटाएको थियो

सचिवालयको निर्णय : ओली पाँच बर्ष प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष 

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक सकिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले पार्टीको कार्यकारी अधिकार पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । त्यस्तै बैठकले


z