• २०८१ बैशाख १५ शनिबार

अनेरास्ववियुद्वारा सीमा विवाद तत्काल समाधान गर्न परराष्ट्रमन्त्रीको ध्यानाकर्षण

kharibot

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले नेपाल र भारतसँगको सीमा विवाद तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

आइतबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई पाँच बुँदे ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियूले ऐतिहासिक तथ्य र प्रमाणको आधारमा नेपालको अभिन्न भूभागको रुपमा रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथिको भारतीय दाबी खारेज गरी कूटनीतिक रुपमा समाधान गर्न सरकारसँग माग गरेको छ ।

यस्तै, भारतसँगको विवादमा रहेका सन्धि, सीमा, व्यापारलगायतका विषय हल गर्न गठित एमिनेन्ट पर्सन ग्रुप (इपिजी)को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले तत्काल ग्रहण गर्ने वातावर बनाई समस्याको समाधान गर्न माग गरेको छ ।

चीनसँग समेत विवादमा देखिन आएका सीमा क्षेत्रको समस्या कूटनीति पहल गर्न माग गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै