• २०८१ बैशाख १४ शुक्रबार

बंगलादेशविरुद्धको टी-२० सिरिज भारतले जित्यो 

kharibot

काठमाडौं । भारतले बंगलादेशविरुद्धको टी-२० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा जित हासिल गर्दै भारतले सिरिज २-१ ले जितेको हो ।

भारतले दिएको १७५ रनक ओअल्क्ष्य पछाएको बंगलादेश १९.२ ओभरमा अल आउट हुदै केवल १४४ रन मात्र बनाएपछि खेल ३० रनले हारेको हो ।

भारतको जितमा बलर दिपक चहरले कीर्तिमानी बलिङ गरेका थिए । चहरले ३.२ ओभरमा ७ रन दिएर ६ विकेट लिएका थिए । जसमा ह्याट्रिक समेत सामेल छ । चहरले टी-२० अन्तराष्ट्रिय क्रिकेटको अहिलेसम्मकै उत्कृष्ट बलिङ गर्दै भारतलाई जिताएका थिए । उनले श्रीलंकाका अजन्ता मेन्डिसको ४ ओभरमा ८ रन दिएर ६ विकेट लिएको किर्तिमानलाई तोडेका छन् । साथै चहर टी-२० क्रिकेटमा ह्याट्रिक लिने पहिलो भारतीय बलर समेत बनेका छन् ।

त्यस्तै बंगलादेशका लागि भने मोहमद नैमले सर्वाधिक ८१ रन बनाए भने मोहमद मिथुनले २७ रन बनाए । यस बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतीय बलर चहरको ६ विकेट पछि शिवम दुवेले ३ विकेट र युजवेन्द्र चहलले एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ५ विकेट गुमाउदै १७४ रन बनाएको थियो । भारतक लागि श्रेयस अय्यरले ३३ बलमा ६२ रन बनाएका थिए भने केएल राहुलले ३५ बलमा ५२ रन बनाएका थिए । त्यस्तै मनिष पाण्डेले २२ र शिखर धवनले १९ रन बनाएका थिए ।

कीर्तिमानी बलिङ गरेका दिपक चहर खेलको प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज बनेका थिए ।

भारत टुरमा रहेको बंगलादेशले अब भारतविरुद्ध २ टेस्ट खेल खेल्दै छ । पहिलो टेस्ट १४ नोभेम्बरमा शुरु हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै