टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपक चहरको विश्व किर्तिमान

खरीबोट

काठमाडौं । भारतीय तिब्र गतिका बलर दीपक चहरले टी-२० अन्तर्राष्रि, य क्रिकेटमा कीर्तिमानी बलिङ गरेका छन् ।

गएराती बंगलादेशविरुद्धको खेलमा चहरले ३.२ ओभरमा ७ रन दिएर ह्याट्रिकसहित ६ विकेट लिदै नयाँ विश्व रेकर्ड बनाएका हुन् ।

चहरले १८औ ओभरको अन्तिम बलमा विकेट लिएका थिए भने २०औ ओभरको शुरुकै दुई बलमा दुई विकेट लिदै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । यो सँगै चहर टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो भारतीय बलर बनेका छन् ।

त्यस्तै चहरले सन् २०१२ मा श्रीलंकाका अजन्ता मेन्डिसले बनाएको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको विश्व किर्तिमानलाई तोडेका छन् । मेन्डिसले जिम्बाबेविरुद्ध २०१२ सेप्टेम्बर १८ मा ४ ओभरमा ८ रन दिएर ६ विकेट लिदै नयाँ विश्व किर्तिमान बनाएका थिए । चहरले अब मेन्डिसको यो किर्तिमान तोडेर टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै उत्कृष्ट बलिङको नयाँ किर्तिमान बनाएका छन् ।

त्यस्तै टी-२० क्रिकेटमा तेस्रो उत्कृष्ट बलिङको रेकर्ड पनि मेन्डिसकै नाममा छ । मेन्डिसले सन् २०११ मा अस्ट्रेलियाविरुद्ध ४ ओभरमा १६ रन दिएर ६ विकेट लिएका थिए ।

त्यस्तै चौथो रेकर्ड भने भारतीय बलर युजवेन्द्र चहलको नाममा रहेको छ । चहलले सन् २०१७ मा इङल्याण्डविरुद्ध ४ ओभरमा २५ रन दिएर ६ विकेट लिएका थिए ।

सम्बन्धित समाचार

वेस्टइन्डिजमाथि भारतको कीर्तिमानी जित 

काठमाडौँ । भारतले वेस्टइन्डिजविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा भारतले वेस्टइन्डिजमाथि ६ विकेटको सहज जित हासिल गरेको हो । वेस्टइन्डिजले दिएको २०८ रनको

भारतविरुद्ध खेल्ने वेस्टइन्डिज टिमको घोषणा, गेल र रसेल बाहिर

काठमाडौँ । वेस्टइन्डिजले भारतविरुद्धको टी-२० र एकदिवसीय खेलका लागि आफ्नो टिमको घोषणा गरेको छ । वेस्टइन्डिजले घोषणा अग्रेको टिममा क्रिस गेल र आन्द्रे रासेललाई टिममा राखेको छैन । ६ डिसेम्बरदेखि शुरु

क्रिस गेलले भारतविरुद्ध नखेल्ने !

काठमाडौँ । वेस्टइन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले भारतविरुद्धको सिरिज खेल्न अस्विकार गरेका छन् । सन्यासको घोषणासँगै मैदानमा फर्किएपनि गेलले आफ्नो क्रिकेट क्यारियर बारे ठोस निर्णय नलिएका कारण विश्वभर रहेका उनका फ्यान

वेस्टइन्डिजविरुद्धको टी-२० सिरिजमा अफगानिस्तानको कब्जा

काठमाडौं । अफगानिस्तानले वेस्टइन्डिजविरुद्धको टी-२० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा वेस्टइन्डिजलाई २९ रनले पराजित गर्दै अफगानिस्तानले सिरिज २-१ ले जितेको हो । अफगानिस्तानले दिएको १५७ रनको लक्ष्य पछाएको


z