• २०८१ बैशाख २६ बुधबार

लागुऔषध सहित तीन युवक पक्राउ

kharibot

लहान । प्रतिबन्धित लागुऔषध सहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट मोरङको मिक्लाजुङ गाउँपालिका– ७ निवासी १८ वर्षीय रोशन खड्का, सोही ठाउँका ३० वर्षीय गोविन्द नेपाल र भारतको जिल्ला मधुवनी थना लौकाहा खुटौना फूलपरास निवासी १८ वर्षीय मोहम्मद रियाजलाई लागुऔषध सहित पक्राउ गरेको हो।

प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले बिआर ३२ यू ४७९९ नं को मोटरसाइकललाई जाँच गर्दा तीनै जनाको साथबाट नाइट्रोभेट १४ पत्ता, स्पास्मो पाँच पत्ता र गाँजा १० ग्राम फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनैजनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै