• २०८१ बैशाख १५ शनिबार

बंगलादेशका राष्ट्रपति हमिद काठमाडौँमा, राष्ट्रपति भण्डारीद्वारा स्वागत 

kharibot

काठमाडौँ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले चार दिने औपचारिक भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् । 

राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् । 

कात्तिक २९ गतेसम्म हुने भ्रमणमा ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि काठमाडौँ आइपुगेका हुन् । 

भ्रमणका क्रममा हमिदले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । 

राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ राजकीय भोज आयोजना गर्दै छन् ।

बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । 

राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्ने छन् ।

नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखरा पनि भ्रमण गर्ने कार्यक्रम छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै