‘प्रधानमन्त्रीको सल्लाहकारबाट रिमाल परिवर्तन हुने हल्ला मात्र’

खरीबोट

काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल परिवर्तन हुने हल्लामात्र भएको बताएका छन् । 

मंगलबार मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीका भरोसायोग्य सारथि भएकाले रिमाल परिवर्तन हुने हल्ला मात्र हुने बताएका हुन् ।

मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको भरोसायोग्य सारथि रिमालमात्र भएकाले परिवर्तन नहुने आशय व्यक्त गरेका हुन् । 

उनले भनेका छन्,‘प्रमको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको भरोसायोग्य सारथि हो कमरेड विष्णु रिमाल, प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुनेछ ।’

प्रधानमन्त्री निकट मानिने मुख्यमन्त्री पोखरेलले रिमाल परिवर्तन नहुने उल्लेख गरेका हुन् । प्रधानमन्त्री ओलीले गत शुक्रबार सबै सल्लाहकारलाई राजीनामा दिन निर्देशन दिए छन् । ओलीले मंसिर १ गतेदेखि लागू हुनेगरी सबैलाई एकसाथ राजीनामा दिन निर्देशन दिएका हुन् । 
 

सम्बन्धित समाचार

सरकार खेलकूद क्षेत्रलाई अघि बढाउन प्रतिबद्ध छ : प्रधानमन्त्री ओली 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार खेलकूद क्षेत्रलाई अघि बढाउन प्रतिबद्ध रहेको बताएका छन् । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा पदक विजेता खेलाडीका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित

प्रधानमन्त्री ओली स्वर्ण पदक विजेतासँग !

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा बुधबार १३औ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा एकभन्दा बढी स्वर्ण विजयी गौरिका सिंह, मन्डेकाजी श्रेष्ठ, आयशा शाक्य र सुवास तामाङ  । तस्वीर : रोशन सापकोटा/रासस   

प्रधानमन्त्री ओली डायलासिस गर्न अस्पतालमा  

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित डायलासिस गर्न महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् । १३औ सागको समापन समारोह निवासबाटै हेरेर प्रधानमन्त्री ओली अस्पताल पुगेका हुन्

प्रधानमन्त्री ओली काममा सक्रिय हुदै, मन्त्रिपरिषद बैठक बोलाए 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो ४ बजे सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठकको बैठक बोलाएका छन् ।  यहि मंसिर ५ गते मन्त्रिपरिषदमा ६ मन्त्री र ३ राज्यमन्त्री हेरफेर गरेपछि


z