• २०८१ बैशाख १५ शनिबार

लिपुलेक कालापानी नेपालको होः सभापति देउवा

kharibot

तस्विर : श्रीराम अर्जुन

हेटौंडा । नेपाली कांगे्रसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको सिमाना लिपुलेक र कालापानी नेपालको हो भनि बताएका छन्।

प्रदेश ३ को राजधानी हेटौंडामा केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको प्रदेश ३ स्तरिय महाधिवेसन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले कालापानी हाम्रो हो राजा महेन्द्रले भारतलाई दिइएको भन्ने छ त्यो मलाई थाहा छैन तर लिपुलेक र कालापानी नेपालकै हो भनि बताएका छन्। 

लिपुलेक नेपालको हो भनेर आफु विगतका दिनहरुमा भारतमै गएर पनि भनेको कुरा उनले वताए।

देउवाले राष्ट्रवादको कुरा गर्ने प्रधानमन्त्री ओलीले किन खुलेर बोल्न सक्दैन लिपुलेक र कालापानी हाम्रो हो भनेर भन्दै आरोप लगाए। त्यसका साथै उनले यो सरकारले लोकतन्त्रलाई लत्याएर अधिनायकवाद लादेको बताए। 

उनले मित्र दुबै राष्ट्र जुन सुकै होस ऋण लिएर नेपालमा रेल ल्याउनु मुर्खता रहेको बताएका छन्। ऋण लिएपछि व्याजका कुरा आउने र आर्थिक भार बढ्दै जानुपर्ने भएकाले रेलको कुरा राम्रो नभएको बताए।

दुई तिहाईको दम्भ बोकेको यो सरकारले पहिला सबै गाउँघरमा बाटो पुराउन सकेको छैन रेलको कुरा गरेर जनता झुक्काइरहेको आरोप समेत लगाएका छन्। 

प्रशिक्षण पश्चात सबै कांग्रेस एक ढिक्का भएर जानुपर्ने र एकता गरि अघि बढ्नुपर्नेमा जोड दिदैं सभापति देउवाले नेपाल धेरै अपठ्यारोमा रहेको छ सिमाना होस् या राजनिति अब सबै मिलेर देशलाई बचाउन तर्फ लाग्नुपर्ने बताए। 

दुई दिन सम्म सञ्चालन हुने प्रशिक्षणमा छ जिल्लाका २ सय ९० जना प्रतिनिधिहरुको सहभागिता रहेको छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय