• २०८१ बैशाख १४ शुक्रबार

अमेरिकी पुर्वसांसदको अगाडी नेपाली सांसदले भने – हाम्रो अवस्था दयनीय छ 

kharibot

काठमाडौं । नेपालको संघीय संसदका सदस्यहरू र अमेरिकी संसदीय अनुभव आदान प्रदान कार्यक्रममा संसदहरुको बिजोग देखिएको छ ।

आईआरआई इन्टरनेनल रिसर्च इन्स्टिच्युट नामक एनजियोद्वारा आयोजित अमेरिकी संसदीय अनुभवको अन्तरक्रिया कार्यक्रम सांसदहरुले आफ्नो अवस्था दयनीय रहेको गुनासो गरेका छन् ।

सांसद माया ज्ञवालीले नेपालका सांसदको ट्याक्सी चढ्ने हैसियत नभएको बताइन् । सरकारले सांसदहरुलाई स्रोत साधन प्रदान नगरेको र अमेरिका धेरै टाढाको कुरा रहेको गुनासो राखेकी थिइन् । अहिलेसम्म आफूले रोजेको संसदीय समिति पनि नपाएको उनको गुनासो छ ।

उनले भनिन्, "नेपाल गरिब देश हो र यहा पछौटेपन छ, सबै युवाहरु विदेश पलायन भएका छन् र वृद्धहरु मात्र बाकी छन् यहाँ । हामी केहि काम नभएका र जागिरमा उन्नति गर्न नसकेको मात्र देशको राजनीति चलाइरहेका छौ ।"

सांसद लक्ष्मी परियारले नेपालमा प्रत्यक्ष तर्फबाट निर्वाचित सांसदलाई बढी प्राथमिकता  मिल्ने  र  समानुपातिक सांसदको केहि अधिकार नभएको बताइन् ।

नेपालका सांसदहरुले राखेको जिज्ञासाको जवाफमा अमेरिकी संसदको सल्लाहकारमा ३६ वर्ष काम गरेका ब्राड स्मिथले संसद भएपछि अवसरको रुपमा मात्र नलिएर आफ्नो कामलाई राजनीतिक कर्तब्यको रुपमा लिनुपर्ने बताए । 

अमेरिकी पूर्वसांसद बब गुडलाडेले अमेरिकाको संदमा ७ सय जना भन्दा बढीको अनुसन्धान टोली रहेको र एक जना सांसदको टिममा १८ जनासम्म अनुसन्धानकर्ता रहने बताएका थिए ।  नेपाली सांसदहरुले नेपालमा अनुसन्धान भनेको "कुन चाराको नाम" रहेको बताए । 

कार्यक्रममा अमेरिकाको संसद कसरी चल्छ र अनुसधान कसरी गर्ने भन्ने विषयमा नेपालका संसादहरुलाई बताईएको थियो । काङ्ग्रेसककी अनुशन्धान तथा परराष्ट्र मामिलाको पुर्व विशेषज्ञ सुसन एस्टिनले सांसदहरुलाई कम्प्युटरको पहुच छ कि छैन भनेर प्रश्न गर्दा

उनीहरुले नेपाल सरकारले आफुलाई कम्प्युटर नदिएको तर आफुसंग पर्सनल कम्प्युटर रहेको बताए । उनले अनुसन्धान कसरी गर्ने र तथ्यांकहरु कसरी प्रस्तुत गर्ने विषयमा सांसदहरुलाई जानकारी दिइन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै