• २०८१ बैशाख १४ शुक्रबार

मधुवालाको जीवनीमा फिल्म बन्ने

kharibot

मुम्बई । बलिवुडकी सुन्दर अभिनेत्री मधुवालाको जीवनीमा फिल्म बन्ने भएको छ ।

मधुवालाको जीवनीमा बायोपिक फिल्म बनाउन चर्चित निर्देशक इम्तियाज अलीले अधिकार किनेका छन् । फरकशैलीका फिल्म बनाउन माहिर इम्तियाजले मधुवालाको जिवानिमा फिल्म बनाउने अधिकार किनेसँगै अब मधुवालाको बलिवुडमा आफ्नो डेभ्यु देखि राजकपुरकी हिरोइन बन्नेसम्मको फिल्मी यात्रा अब पर्दामा हेर्न पाइने भएको छ ।

जब वि मेट, रकस्टार, हाइवे र लव आजकलजस्ता सुपरहिट फिल्म बनाएका इम्तियाज अलीलाई मधुवालाका परिवारले फिल्म बनाउने अधिकार बेचेका हुन् । अहिलेसम्म फिल्ममा मधुवालाको भूमिका कसले निभाउछ भन्ने निश्चित नभएपनि मधुवालाकी बहिनी मधुर ब्रज भुषणले भने मधुवालाको भूमिका अभिनेत्री करीना कपुरले निभाए आफु खुशी हुने बताएकी छन् ।

इम्तियाज अहिले आफ्नो हित फिल्म लव आजकलको सिक्वेलमा व्यस्त छन् । यस फिल्ममा कार्तिक आर्यन र सारा अली खान प्रमुख भूमिकामा रहेका छन् ।           
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै