काठमाडौँ । नेपाली सेनाले काठमाडौँ तराई द्रुतमार्ग सडक निर्माण आयोजनाका तत्कालिन आयोजना प्रमुखसहित बोर्डका सदस्यहरुलाई सचेत गराएको छ ।
सेनाले आयोजनाको अन्तर्राष्ट्रिय परामर्शदाता छनौट कार्यमा मुल्यांकन प्रक्रियाको ड्राफ्ट चुहावट भएको प्रकरणमा तत्कालिन आयोजना प्रमुखसहित बोर्डका सदस्यहरुलाई सचेत गराएको जानकारी दिएको छ ।
सेनाले यस प्रकरणमा छनबिन गर्न गठित कोर्ट अफ इनक्वारी बोर्डको सिफारिसको आधारमा सचेत गराइएको जनाएको छ । साथै यस आयोजनामा विज्ञको रुपमा कार्यरत गैरसैनिक व्यक्तिहरुलाई समेत सचेत गराएको सेनाले जनाएको छ ।