• २०८१ बैशाख १५ शनिबार

इमर्जिंग टिम्स एसिया कप आजदेखि : नेपालले आज भारतविरुद्ध खेल्दै  

kharibot

काठमाडौँ । एसीसी इमर्जिंग टिम्स एसिया कप आज देखि शुरु हुदै छ । नेपालले खेलको पहिलो दिन नै भारतीय अन्डर २३ टिमको समाना गर्दै छ । 

नेपालसहित टेस्ट राष्ट्र श्रीलंका, पाकिस्तान, भारत, अफगानिस्तान, बंगलादेश, ओमान र  हङकङ गरि कुल ८ टिम सहभागी रहेका छन् ।

सबै सहभागी टिमले १५ जनाको टिममा ११ जना खेलाडी २३ वर्ष मुनिको खेलाडी अनिवार्य राख्नु पर्नेछ भने ४ जना खेलाडी २३ वर्ष माथिको राख्न पाइनेछ । २३ वर्ष माथिको मात्र ३ जना खेलाडी मात्र अन्तिम-११ मा राख्न पाइनेछ ।

नेपालले भने पुर्व कप्तान पारस खड्का र स्टार स्पिनर सन्दीप लामिछाने बिना नै यो प्रतियोगिता खेल्न लागेको छ । शुरुमा यस प्रतियोगितामा युएई खेल्ने भएकोमा अन्तिम समयमा युएईले आफ्नो नाम फिर्ता लिएपछि एसीसीले नेपाललाई खेल्ने अवसर दिएको हो ।
अन्तिम समयमा खेल्ने निश्चित भएकाले पारस र सन्दीपले युएईमा आजदेखि नै शुरु हुने टी-१० लिगका लागि प्रतिबद्धता जनाईसकेको अवस्था भएकाले क्यानले उनीहरुलाई टी-१० लिग खेल्ने अनुमति दिएको हो ।   

इमर्जिङ कम खेल्ने नेपाली टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), शरद भेस्वाकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, ललित नारायण राजबंशी, पवन सराफ, सन्दीप जोरा, सुशान भारी, इशान पाण्डे, आरिफ सेख, अविनाश बोहोरा र कुशल भुर्तेल ।

त्यस्तै म्यानेजर प्रशान्त विक्रम मल्ल, कोच : उमेश पटवाल, सहायक कोच : दिपेन्द्र प्रताप सिंह, भिडियो एनालिष्ट : रमन शिवाकोटी, फिजियो :विक्रम न्यौपाने रहेका छन् ।

नेपालको खेल तालिका :

नोभेम्बर १४ : नेपाल भर्सेज भारत 
नोभेम्बर १६ : नेपाल भर्सेज हङकङ
नोभेम्बर १८ : नेपाल भर्सेज बंगलादेश 

प्रतियोगिताको पहिलो सेमिफाइनल नोभेम्बर २० र दोस्रो सेमिफाइनल नोभेम्बर २१ मा हुने छ भने फाइनल खेल नोभेम्बर २३ मा हुने छ ।       
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै