पोखरा । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आज पर्यटकीय नगरी पोखरा पुगेका छन् ।
पोखरा पुगेर राष्ट्रपति हमिद फेवातालमा डुङ्गा शयर गरेका छन् ।
पोखरा भ्रमणका क्रममा राष्ट्रपति हमिदले फेवाताल किनारास्थित फिष्टेल लजमा बसेका छन् ।
राष्ट्रपति हमिद जलविहारपश्चात नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्ने कार्यक्रम छ । त्यसपछि, राष्ट्रपति हमिद आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।