कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित

खरीबोट

फाइल तस्बीर

काठमाडौँ । संघीय संसद, अर्थ समितिको बैठक कोरम नपुगेपछि बिहीबार पनि स्थगित भएको छ ।

बिहीबार बिहान ११ बजेका लागि सिंहदरबरमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो ।

बैठकमा समितिका सभापति कृष्णप्रसाद दाहाल तथा सदस्यहरु घनश्याम भुसाल, ज्ञानेन्द्रबहादुर कार्की, रामकुमार झाँक्रीलगायतका सदस्यहरुले १ घण्टा कुर्दा पनि अन्य सदस्यहरुको उपस्थित नभएपछि बैठक स्थगित गर्नु परेको समितिको सचिवालयले जनाएको छ ।

समितिको यस अघि कार्तिक १९ गते बोलाइएको बैठकमा पनि कोरम नपुगेकै कारण स्थगित गरिएको थियो ।

बैठकका लागि ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूचि तय गरिएको थियो ।
 

सम्बन्धित समाचार

रेडियोधर्मी पदार्थको सम्बन्धमा निर्देशन दिन शक्तिशाली निर्देशक समिति

काठमाडौँ । रेडियोधर्मी पदार्थको सम्बन्धमा नियमनकारी निकाय र पारमाणविक अनुसन्धान केन्द्रलाई निर्देशन दिन शक्तिशाली निर्देशक समिति प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘रेडियोधर्मी पदार्थको नियमन सम्बन्धमा

काँग्रेस केन्द्रीय समितिको बैठक मङ्सिर २६ गते, यस्ता छन् एजेन्डा 

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यही मङ्सिर २६ गते पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा उपनिर्वाचनको समीक्षा, पार्टीको

अर्घाखाँचीको नरपानी दुर्घटना बारे छानबिन गर्न समिति गठन

अर्घाखाँची । अर्घाखाँचीको नरपानीमा १९ जनाको ज्यान जाने गरी बुधबार  भएको बस दुर्घटना छानबिन गर्न समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ ।  जिल्ला प्रशासन कार्यालय

''स्थानीय तहका न्यायिक समितिले निस्वार्थ भएर काम गर्नुपर्ने'' : प्रदेश ३ कृषिमन्त्री लामा 

हेटौँडा । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले स्थानीय तहका न्यायिक समितिले निस्वार्थ भएर काम गर्नुपर्ने बताएका छन्। उनले पहिलो चरणको न्याय प्रदान गर्ने ठाउँमा


z