दुबइ । इजिप्टका राष्ट्रपति अब्दुल फत्ताह अल सिसी दुई दिने औपचारिक भ्रमणका लागि संयुक्त अरब इमिरेट्स (युएइ) आएका छन्।
पछिल्लो दुई बर्षमा दोस्रो पटक भएको यो भ्रमणका क्रममा उनले दुई पक्षीय हित र साझा चासोका बारेमा छलफल गर्ने जनाइएको छ।
राष्ट्रपति अल सिसीले युएइका युवराज अब्दुल धाबी सेख मोहम्मद बिन जायद अल नाह्यानलाई पनि भेट्ने कार्यक्रम रहेको छ।
उनीहरुका बीचमा यस क्षेत्रमा विकसित पछिल्लो घटनाक्रम र परिस्थितिका बारेमा पनि छलफल हुने अपेक्षा गरिएको छ।