• २०८१ बैशाख १५ शनिबार

आजिख्य रहानेले छोडे राजस्थान, आउदो सिजन दिल्लीबाट खेल्ने

kharibot

काठमाडौँ । दिल्ली क्यापिटलले राजस्थान रोयल्सबाट पछिल्लो ९ सिजन खेलेका भारतीय ब्याट्सम्यान आजिख्य रहानेलाई भित्र्याएको छ ।

भारतीय टेस्ट टिमका उपकप्तान समेत रहेका रहने राजस्थान रोयल्सका कप्तान समेत हुन् । इनिद्याँ प्रिमियर लिग (आइपिएल) को खेलाडी ट्रेडिङको अन्तिम दिन राहनेले राजस्थान रोयल्स छोडेका छन् ।

दिल्ली क्यापिटल्सले रहानेलाई आफुले किनेको जानकारी दिएको छ । दिल्लीले रहानेलाई भित्र्याउन स्पिनर मयंक मर्काण्डे र राहुल तेवातियालाई राजस्थानलाई दिएको छ ।

रहानेलाई राजस्थानले ४ करोडमा किनेको थियो । श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्ली रहानेको आगमनपछि उत्कृष्ट ब्याटिंग लाइनअप बनेको छ । रहानेले आइपिएलमा अहिलेसम्म १२२ को स्ट्राइकरेटले ३८२० रन बनाएका छन् ।

दिल्लीमा शिखर धवन, पृथ्वी शा, हनुमा विहारी, श्रेयस अय्यरपछि अब रहाने थपिएका छन् । दिल्लीले केहि साता अघि भारतीय स्पिनर आर आश्विनलाई समेत भित्र्याएको छ । त्यस्तै बुधबार मात्र दिल्लीले तिब्रगतिका न्युजील्याण्डका बलर ट्रेन्ट बोल्टलाई मुम्बई इण्डियन्सलाई बेचेको थियो ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय