• २०८१ बैशाख १५ शनिबार

पसल हटाउन गएको उपमेयरसहितको टोली र व्यवसायीबीच विवाद

kharibot

काठमाडौँ । काठमाडौँको रत्नपार्कस्थित दुई माजु मन्दिर परिसरमा संचालित पसल हटाउन गएको उपमेयर हरिप्रभा खड्गीसहितको टोली र व्यवसायीबीच विवाद भएको छ ।

मन्दिर परिसरमा रहेका २८ पसल हटाउन गएको महानगरको टोली र व्यवसायीबीच अहिले विवाद जारी रहेको छ । 

व्यवसायीहरुले आफुहरुले क्षतिपुर्ति पाउनुपर्ने माग गरेका छन् भने उनीहरुले महानगरको टोलिसँग आफुहरुलाई हटाउन आवश्यक कानुनी प्रक्रिया पुरा गरेर आउन भनेका छन् ।

गुठिसंस्थानको स्वामित्वमा रहेको सो स्थानमा संस्थानले २०७५ मङ्सिरमा निर्णय गर्दै साधारण व्यवसाय संचालन गर्ने अनुमति दिएको थियो । सो निर्णय बमोजिम सो स्थानमा अहिले विभिन्न किसिमका २८ पसल संचालन भइरहेका छन् ।

महानगरले अहिले मन्दिर परिसरको संरक्षण गर्न पहल थाल्दै ति व्यवसायीलाई हटाउन खोजे पछि विवाद भएको छ । 

काठमाडौँ महानगरको वडा नम्बर २८ भाइराम खड्गीले गूठी संस्थानले हटाउन पत्र दिएपछि मन्दिर परिसरको पसल हटाउने निर्णय गरेको जानकारी दिएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै