काठमाडौ । रियल म्याड्रिडका स्टार खेलाडी करिम बेन्जमाले फ्रेन्च फुटबल फेडेरेशनलाई आफुलाई अर्को देशबाट खेल्न स्वीकृति दिन अनुरोध गरेका छन् ।
३१ बर्षिय बेन्जमा फ्रान्सको टिममा नपरेपछि यस्तो अनुरोध गरेका हुन् । फ्रेन्च फुटबल फेडेरेसनलो बेन्जामाको अन्तर्राष्ट्रिय फुटबल क्यारियर सकिएको बताएपछि बेन्जामाले आफुलाई अर्को आफु खेल्न पाउने देशबाट खेल्न दिन आग्रह गरेका हुन् ।
रियल म्याड्रिडका अहिले प्रमुख खेलाडी रहेका बेन्जमा २०१५ देखि यता फ्रान्सको राष्ट्रिय टिममा खेलेका छैनन् । फ्रान्सका लागि बेन्जामाले अहिलेसम्म ८१ खेल खेल्दै २७ गोल गरेका छन् ।
फ्रान्स फुटबल फेडेरेशनका अध्यक्ष नोएल ला ग्राएटले बेन्जमाले रियल म्याड्रिडमा राम्रो फुटबल खेलेपनि फ्रान्सबाट उनको क्यारियर सकिएको बताएका थिए ।
अध्यक्षलाई जवाफ दिदै बेन्जमाले मेरो क्यारियर सकिएको घोषणा गर्ने अधिकार आफुलाई मात्र भएको बताउदै उनले आफु खेल्न पाउने देशबाट खेल्न सक्ने संकेत गरे । बेन्जामाकी आमा फ्रेन्च हुन् भने बाबु अल्जेरियाबाट फ्रान्स बसाई सरेका हुन् ।
बेन्जमाले अध्यक्षलाई जवाफ दिदै भनेका छन्,'यदि तिमीले मलाई सकियो भनेर भन्छौ भने मलाई म खेल्न मिल्ने देशमा खेल्न देउ अनि हेरौला ।'
रियल म्याड्रिडमा गत सिजन ३० गोल गरेका बेन्जमाले यस सिजनमा ११ गोल गरिसकेका छन् । रियलमा २००९-१० सिजनदेखि खेलिरहेका बेन्जमाले अहिलेसम्म ४८० खेलमा २३३ गोल गरेका छन् ।