• २०८१ बैशाख १४ शुक्रबार

नयाँ एचआइभी संङ्क्रमित थपिए

kharibot

चितवन । सन् २०१९ को १० महिनामा चितवनमा ५७ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन्। १३ हजार ६४१ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन्।

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेशनका अनुसार जिल्लाको विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन्।

फाउण्डेशनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार योसँगै जिल्लामा कार्यक्रम शुरु भएयता एक हजार ७८६ जना सङ्क्रमित पुगेका छन्। उनीहरुमध्ये एक हजार पाँच पुरुष र ७८१ जना महिला रहेका छन्।

यस समयमा १६४ जनाको मृत्यु भएको सापकोटाले जानकारी दिए। मृत्यु हुनेमा ११५ पुरुष र ५९ जना महिला रहेका छन्। पुरुषहरुले आफ्नो स्वास्थ्यको ख्याल नराख्दा बढी सङ्ख्यामा मृत्यु हुने गरेको पाइएको छ।

यस कार्यालयमा अहिले नियमित एआरबी औषधि सेवन गर्ने ९११ जना सङ्क्रमितमध्ये ६४ जना बालबालिका रहेका छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै