• २०८१ जेठ ६ आइतबार

राष्ट्रिय वाणिज्य बैंकद्धारा राष्ट्रिय महिला भलिबल टिमलाई बधाई तथा सम्मान

kharibot

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्धारा नेपाली राष्ट्रिय महिला भलिबल टिमले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेको हुंदा सोमबार एक कार्यक्रमका बीच नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई सम्मानपत्र, पुरस्कार प्रदान गरेर बधाई तथा सम्मान व्यक्त गरेको छ ।

सो बधाई कार्यक्रम राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका सदस्य निर्मलहरि अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । हालै बंगलादेशमा सम्पन्न भएको एशियन सेन्ट्रल जोन सिनियर वुमन भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय महिला भलिबल टिम प्रथम भएको थियो ।    

सो कार्यक्रममा बैंक संचालक समितिका सदस्य निर्मलहरि अधिकारीले बैंकले भलिबललाई विगत देखि गरेको सहयोगको परिणाम आएको र अन्तर्राष्ट्रिय रुपमा प्राप्त भएको उपलब्धिले देशको शिर उच्च भएको बताए ।

नेपाल भलिबल संघका अध्यक्ष शर्माले बैंकले गरेको सहयोगको गुन संघले सुनले तिर्ने बताए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियतालाई देखेर बैंकले केही वर्ष अगाडि देखिनै सहयोग गरेको बताउंदै यस्तो कार्यक्रमले खेल खेलाडीहरुको मनोबल बढ्ने बताए । 

राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघ बीच आरबिबि एनभिए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितालाई मूख्य प्रायोजन गर्ने सम्झौता ४ वर्ष देखि रहदै आएको छ । कार्यक्रम ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले संचालन गरेका थिए ।

सो कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका सदस्यहरु, नायब प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, बैंक भित्र क्रियाशिल युनियनका अध्यक्षहरु, मुख्य प्रशिक्षक जगदीश भट्ट, विजयी टिमका खेलाडीहरु,   नेपाल भलिबल संघका महासचिव जीतेन्द्र बहादुर चन्द लगायत पदाधिकारी को उपस्थिती रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै