• २०८१ बैशाख २७ बिहीबार

आईस हक्की संघको अध्यक्षमा भुवन पाठक निर्वाचित  

kharibot

काठमाडौँ । नेपाल आईस हक्की संघको दोस्रो साधरण सभावाट भुवन पाठक अध्यक्षमा निर्वाचित भएका छन् । 

संघको उपाध्यक्षमा विजय खडका, श्रीविक्रम भण्डारी, मदन केसी, महासचिवमा गणेश रिमाल, सचिवमा मनोज ढुङ्गेल र कोषाध्यक्षमा हरि मानन्धरसहित सदस्यहरूमा प्रज्वल थापा, देवकृष्ण थापा, राजेश रिजाल, श्रेया केसी, ठाकुर प्रसाद, दिलवहादुर तमाङ, गोविन्दमान सिँह डंगोल लगायत १७ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएका छन् ।

साधरण सभाका उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनरामा श्रेष्ठले गरेका थिए ।

साधरण सभाले विधान संसोधन प्रस्ताव, आर्थिक प्रतिवेदन, भावि वार्षिक प्रतिवेदन पास गरेको थियो । 

केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, २१ जिल्ला र एक क्षेत्रको प्रतिनिधिसमेत ६३ प्रतिनिधिले साधरण सभामा भाग लिएका थिए । नेपाल ओलम्पिक समितिका अध्यक्ष जिवनराम श्रेष्ठले नेपालमा आइस हक्किको सम्भावना रहेको तथा ओलम्पिक कमिटि आइस हक्किलाई हर तरहले सघाउन तयार रहेको बताए । 

नव निर्वाचित अध्यक्ष भुवन पाठकले आफ्नो कार्यकालमा नेपालमा आइस हक्किलाई युवा माझ लोकप्रिय वनाउने तथा मुलुकमा यो खेलको पहिचान स्थापित गर्ने वताए ।

उपाध्यक्ष मदन केसीले स्वागत मन्तव्य व्यक्त गरेका कार्यक्रममा संघका उपाध्यक्ष तथा सचिवालय प्रमुख विजय खडकाले उद्घोषण गरेका थिए ।

साधरण सभामा महासचिव गणेश रिमालले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष हरि मानन्धरले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई राखेपवाट खटाईएका प्रमुख निर्वाचन अधिकृत ज्ञानेन्द्र श्रेष्ठले प्रमाणपत्र वाँडेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै