काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मुल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ४ सय ले बढेको छ।
महासंघका अनुसार छापावाला सुन आज प्रतितोला ७२ हजार रहेको छ।
यस अघि सोमबार छापावाल सुनको मुल्य ७१ हजार ६ सय रहेको थियो।
त्यसैगरी तेजाबी सुन प्रतितोला ७१ हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यसैगरी चाँदीको मुल्य प्रतितोला रु १० ले बढेर आज प्रतितोला ८ सय ६० मा कारोवार भैरहेको महासंघले जनाएको छ।