• २०८१ बैशाख १५ शनिबार

बझाङ केन्द्रविन्दु भएर ५.७ रेक्टरको भूकम्प 

kharibot

काठमाडौँ । पश्चिम नेपालको बझाङ केन्द्रबिन्दु भएर ठुलो भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर ५.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज साँझ भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा ७:१५ बजे ५.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी श्रद्धा ढकालले सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जानकारी दिईन । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे एकिन जानकारी प्राप्त हुन सकेको छैन ।

भूकम्पको क्षतिबारे विवरण आउन बाँकी छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै