काठमाडौं । साताको चौथो कारोवार दिन बुधबार नेप्से सामान्य अंकले गिरावट आएको छ ।
नेप्से आज एक सय ६५ अंकले घटेर ११ सय २८ दसमलव ३४ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव २५ अंकले घटेर दुई सय ४८ दसमलव ६७ बिन्दुमा झरेको छ ।
एक सय ६५ कम्पनीहरुको पाँच हजार तीन सय २८ वटा कारोवारमा १० लाख ९७ हजार नौ सय २० कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमारणमा सेयर खरिद बिक्री हुंदा ३० करोड ३७ लाख २४ हजार दुई सय चार रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा १० वटा समुहको कारोवार सुचक घटेको छ भने दुई वटाको बढेको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ५७ अंकले बढेर एक हजार ४० दसमलव ६१ बिन्दुमा पुग्दा ट्रेडिङ समुहको सुचक पनि ३२ दसमलव ९९ अंकले बढेर चार सय ८५ दसमलव एक बिन्दुमा पुगेको छ ।
बिकास बैंक समुहको सुचक भने दुई दसमलव ३८ अंकले घटेर १५ सय ४२ दसमलव ९५ अंकमा बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि २४ दसमलव २५ अंकले घटेर चार हजार ८६ दसमालव ७५ बिन्दुमा झरेको छ ।
जलबिद्युत, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको साल्ट टे«डिङ कर्पोरेशन नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९७ पैसाले बढेर १३ सय ७९ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको रिडी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ ६६ पैसाले घटेर ७० रुपैयाँमा कारोवार भएको छ ।
यसैगरी बढी रकम कारोवार भएको आधारमा पहिलो स्थानमा परेको एनएमबी बैंकको प्रतिकित्ता तीन सय ८६ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड ५४ लाख ९९ हजार नौ सय ५७ रुपैयाँको कारोवार भएको छ ।