• २०८१ बैशाख १४ शुक्रबार

अर्जुन रामपाल र मेहर जेसिया औपचारिक रुपमा अलग

kharibot

फाइल तस्बीर

मुम्बई । बलिवुड अभिनेता अर्जुन रामपाल र मेहर जेसिया औपचारिक रुपमा अलग भएका छन् ।

गत जेठमा नै अलग हुने घोषणा गरेका अर्जुन र मेहरलाई अदालतले डिभोर्सको अनुमति दिएको छ । यो सँगै उनीहरु औपचारिकरुपमा नै अलग भएका छन् । दुवैले गत अप्रिलमा दिएको डिभोर्सको निवेदनमा अदालतले विहिबार फैसला दिएको हो ।

अर्जुन रामपाल र मेहरबीच १९९८ मा विवाह भएको थियो । सन १९८६ की मिस इंडिया समेत रहेकी मेहरले आफ्ना पतिसँग मिलेर 'आई सी यु' नामक फिल्म पनि बनाएकी थिइन् । अर्जुन र मेहरका दुई छोरी माहिका र माहिरा रहेका छन् ।

मेहरसँगको डिभोर्सपछि अर्जुन मोडल गैब्रिएला डेमेट्रिएडसको प्रेममा परेका थिए । अर्जुन प्रेमिका गैब्रिएलाबाट छोराका पिता समेत बनेका छन् । गत श्रावणमा पिता बनेका अर्जुनले गैब्रिएलालाई अझै विवाह भने गरेका छैनन् ।

पुर्व पत्नी मेहरसँगको अदालती प्रक्रिया नटुंगिएकाले दुवैले विवाह नगरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । अब अर्जुन र मेहरको डिभोर्स प्रक्रिया टुंगिएसँगै दुवैले विवाह गर्ने अनुमान गरिएको छ ।   

अर्जुनकी प्रेमिका गैब्रिएला दक्षिण अफ्रिकाकी सुपर मोडल हुन् । उनी सन् २००९ की मिस आइपिएल बलिवुडको उपाधि जितेकी थिइन् । गैब्रिएला एफएएमले जारी गरेको विश्वका सय सुन्दर महिलाको सुचीमा समेत परेकी थिइन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै