• २०८१ बैशाख १४ शुक्रबार

चितवन कारागारमा कैदीको चाप बढ्दै : ९६ कैदीबन्दी स्थानान्तरण

kharibot

चितवन । कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढ्दै गएपछि स्थानान्तरणको प्रक्रियालाई तीव्र पारिएको छ। 

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार चालू आवमा विभिन्न मितिमा गरी ९६ जना कैदीबन्दीको यहाँबाट स्थानान्तरण गरिएको छ। पछिल्लो पटक कात्तिक ३० गते १२ महिला र पाँच पुरुष गरी १७ जनालाई कारागार कार्यालय पाल्पा पठाइएको छ। जसमा महिलासँगै एक आश्रित बच्चा पनि रहेको उनले बताए।

कार्यालयमा कैदीबन्दीको चाप बढेसँगै उनीहरुलाई स्थानान्तरण गरिएको काफ्लेले जानकारी दिए। यसअघि भदौ ५ गते वीरगञ्ज कारागारमा २४, कात्तिक ३ गते मकवानपुरको भीमफेदी कारागारमा ५४ र कास्कीमा एकजना स्थानान्तरण गरिएको थियो। कारागारको क्षमता पुरुषतर्फ २५५ र महिलाको २५ जना रहेको छ। अहिले यस कारागारमा ६३ महिला र ७०९ जना पुरुष रहेका छन्।

छिमेकी जिल्ला मकवानपुरमा महिला बन्दीगृह नहुँदा र नवलपुरमा अदालत स्थापना भए पनि कैदीबन्दी राख्नका लागि कारागार नहुँदा चितवनमा चाप बढेको उनले बताए।

अहिले कारागारमा कैदीबन्दी राख्नका लागिसमेत समस्या पर्ने गरेको र सुताउनका लागि ठाउँसमेत साँघुरो हुँदै गएको छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै