विपद् प्राधिकरणको कार्यकारी प्रमुखको नाम सिफारिस

खरीबोट

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । 

गृह मन्त्रालयका अनुसार उम्मेद्वारको शैक्षिक योग्यता, अनुभव र तालीम एवं सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताबाट प्राप्त अङ्कका आधारमा बढी अङ्क प्राप्त गर्ने अनिल पोखरेल, डा प्रेमबहादुर थापा र विष्णुप्रसाद खरेलको नाम सिफारिस गरिएको छ । 

कार्यकारी प्रमुखको नियुक्तिका लाग सिफारिस गर्न गठित समितिको बैठक र छनोट प्रक्रिया कार्यविधि २०७६ बमोजिम छनोटमा परेका पाँच उम्मेदवारको विभिन्न प्रस्तुति र अन्तरवार्ताको मूल्याङ्कनबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उनीहरुको नाम सिफारिस गरिएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । 

यसअघि कात्तिक २६ गते गृह मन्त्रालयले दर्खास्त परेकामध्ये शैक्षिक योग्यता, तालीम र अनुभवका आधारमा बढी अङ्क प्राप्त गर्ने १३ जनाको नाम सार्वजनिक गरेको थियो ।
 

सम्बन्धित समाचार

पाँच प्रमुख जिल्ला अधिकारीको सरूवा

काठमाडौं । गृह मन्त्रालयले पाँचजना प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरूवा गरेको छ । गृहले मंगलबार सूचना जारी गर्दै पाँचजना सिडिओको सरूवा गरेको जानकारी दिएको हो । मन्त्रालयका अनुसार सरुवा हुनेहरूमा नारायणप्रसाद

नकारात्मक खालका गीत–सङ्गीत गाए र उत्पादन गरे कारवाही

काठमाडौँ । राष्ट्रिय साँस्कृतिक पहिचान र गौरब बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार)लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।  वैमनश्य र तिक्तता त्यागेर

गाई मुत्यु प्रकरणः गृह मन्त्रालयद्वारा छानविन समिति गठन

काठमाडौँ । सुर्खेतको विरेन्द्रनगरमा भएको गाई र गोरुको अस्वाभाविक मृत्यु प्रकरणमा संलग्न व्यक्तिलाई सरकारले कारवाही गर्ने भएको छ । उक्त घटनाको छानविन गर्न गृह मन्त्रालयले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय

गृह मन्त्रालयद्वारा काठमाडौंसहित २४ जिल्लाका प्रजिअको सरुवा

काठमाडौं । सरकारले २४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालयले काठमाडौंसहित २४ जिल्लाका प्रजिअको सरुवा गरेको हो । गृहको निर्णयानुसार काठमाडौंमा झापाबाट जनकराज दाहाल आएका छन् । रामप्रसाद


z