गौचनको हत्यारा नपक्रिएकामा महासंघको आपत्ति

खरीबोट
ad

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको राजधानीमै गोली हानी हत्या गरिएको २५ दिन पूरा भइसक्दा पनि हत्यामा संलग्न व्यक्ति पक्राउ नपरेको भन्दै महासंघले आक्रोश व्यक्त गरेको छ । 

महासंघले आज राजधानीमा पत्रकार सम्मेलन गरी निरन्तरको आन्दोलन तथा दबाबका बाबजुद हत्यारा पत्ता लगाई सार्वजनिक गर्न राज्यले गरिरहेको ढिलाइप्रति खेदसमेत व्यक्त गरेको छ ।

गौचनको हत्यापछि पनि अन्य निर्माण व्यवसायीलाई लगातार धम्की आउने क्रम अझै जारी रहेको भन्दै महासंघले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकारसँग माग गरेको छ । 

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले व्यवसायीले निर्धक्क भएर व्यवसाय गर्न पाउने वातावरण सिर्जना गर्नु राज्यको दायित्व भएको बताए । 

महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले गौचनको हत्यारालाई राजनीतिक संरक्षण दिइएको आशंका भएकाले सरकारले सत्यतथ्य यथाशक्य छिटो सार्वजनिक गर्नुपर्ने माग गरे । 

महासंघका प्रवक्ता विष्णु बुढाथोकीले महासंघको संयमतालाई कमजोरी नठान्न सरकारलाई सचेत गर्दै गौचनका हत्यारा फरार भएबाट सिंगो निजी क्षेत्र आतंकित भएको बताए ।

सम्बन्धित समाचार

निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री ओली

काठमाडौँ /  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताएका  छन  ।  नेपाल निर्माण व्यवसायी महासङ्घको २० औँ वार्षिक

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा चार जनाको उम्मेदवारी

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासङ्घको नयाँ नेतृत्वका लागि चार जनाले उम्मेदवारी घोषणा गरेका छन् ।  महासङ्घको २०औँ साधारणसभा भदौ ४ गते बिहीबार राजधानीमा शुरु हुँदैछ । साधारणसभामा महासङ्घका अध्यक्ष विष्णुभाइ श्रेष्ठ,

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा चारजनाको दाबी

काठमाडौँ। निर्माण व्यवसायीको साझा सङ्गठन नेपाल निर्माण व्यवसायी महासङ्घको नेतृत्वका लागि चारजनाले आ–आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।  आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घको अध्यक्षमा दाबेदारी प्रस्तुत गर्दै सल्लाहकार यक्षध्वज कार्कीले

मुलुकी अपराध ऐन बारे निर्माण व्यवसायी महासंघको ध्यानाकर्षण

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघले आगामी भदौ १ गतेबाट लागू हुने मुलुकी अपराध (संहिता) ऐनका केही प्रावधानले सम्पूर्ण निर्माण क्षेत्रलाई नै धराशायी बनाउने भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  महासंघले