• २०८१ बैशाख १४ शुक्रबार

भारतविरुद्ध खेल्ने वेस्टइन्डिज टिमको घोषणा, गेल र रसेल बाहिर

kharibot

काठमाडौँ । वेस्टइन्डिजले भारतविरुद्धको टी-२० र एकदिवसीय खेलका लागि आफ्नो टिमको घोषणा गरेको छ ।

वेस्टइन्डिजले घोषणा अग्रेको टिममा क्रिस गेल र आन्द्रे रासेललाई टिममा राखेको छैन । ६ डिसेम्बरदेखि शुरु हुने सिरिजमा भारतसँग वेस्टइन्डिज ३ टी-२० र ३ एकदिवसीय खेल खेल्दै छ ।
क्रिस गेलले भारतविरुद्धको सिरिज नखेल्ने यस अघि नै घोषणा  गरिसकेका छन् । 

गेलले २०२० को टी-२० विश्वकप बारे पनि आहिले केहि भन्न नसक्ने बताएका छन् । गेलले भनेकाछन्,' वेस्टइन्डिजका छनौटकर्ताले मलाई एकदिवसीय खेल खेल्न भनेका थिए । छनौटकर्ता चाहन्छन की म युवा खेलाडीसँग खुलु । तर यो बर्ष मा क्रिकेट खेल्दिन आराम गर्दै छु ।' गेलले अस्ट्रेलियामा डिसेम्बरबाट शुरु हुने बिग बास लिग समेत नखेल्ने बताएका छन् ।

उनले आफ्नो खेल क्यारियर बारेमा आफुले अहिले नै केहि भन्न नसक्ने बताएका छन् । साथै आक्रामक ब्याट्सम्यान अलराउन्डर आन्द्रे रसेलसमेत भारतविरुद्ध टिममा छैनन् ।

टी-२० टिम : किरोन पोलार्ड (कप्तान), फेबियन एलेन, शेल्डन कोट्रेल, शिमरन हेटमेयर, जेसन होल्डर, कीमो पाउल, ब्रेण्डन किंग, एवं लुइस, खेरी पियर, निकोलस पुरन, दिनेश रामदीन, शेरफेन रदरफोर्ड, लेण्डल साइमन्स, केसरिक विलियम्स, हेडेन वाल्स ।

एकदिवसीय टिम : किरोन पोलार्ड (कप्तान), सुनिल अम्बरिश, रोस्टन चेज, शेल्डन कोट्रेल, शिमरन हेटमेयर, जेसन होल्डर, शाइ होप, अल्जारी जोसेफ, ब्रेण्डन किंग, एविन लुइस, कीमो पाउल, खेरी पियर, निकोलस पुरन, रोमेरियो शेफर्ड, हेडेन वाल्स ।                             
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै