• २०८१ बैशाख १४ शुक्रबार

भक्तपुर प्रदेशसभामा काँग्रेस विजयी 

kharibot

काठमाडौँ । भक्तपुरको प्रदेशसभामा नेपाली काँग्रेस विजयी भएको छ ।

भक्तपुर–१ (क) प्रदेशसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा कांग्रेसका उमेदवार कृष्णलाल भँडेलले १३ हजार ४४९ मत ल्याएर निर्वाचित भएका छन् ।

भँडेलले नेकपाका उम्मेदवारलाई २२४३ मत अन्तरले पराजित गरेका छन् ।

नेकपाका डीपी ढकालले ११ हजार २ सय ६  मत पाएका छन् ।

त्यस्तै नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।

त्यस्तै राप्रपाका श्याम प्रसाद नेपालले ५७४ मत ल्याएका छन् भने साझा पार्टीका सुरज प्रधानले ३९३ मत ल्याएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै