• २०८१ बैशाख १५ शनिबार

धरान उपमहानगरमा काँग्रेसको अग्रता कायमै

kharibot

धरान । धरान उपमहानगरपालिकाको प्रमुख पदको निर्वाचनमा काँग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।

प्राप्त पछिल्लो मतगणनाको विवरण अनुसार काँग्रेसका उम्मेदवार तिलक राई ७०७ मतले अगाडी रहेका छन् ।

हालसम्मको गणनाअनुसार काँग्रेसका तिलक राइले ११ हजार ८२७ मत ल्याएका छन् भने नेकपाका प्रकाश राईले ११ हजार १२० मत ल्याएका छन् ।

अहिलेसम्म २४ हजार ९५० मत गनिसक्दा ४७६ मत बद्र भएको छ ।

यस अघिको निर्वाचनमा तत्कालिन नेकपा एमालेका तारा सुब्बाले २० हजार ९७५ मत ल्याएर विजयी भएका थिए ।

काँग्रेसका तिलक राईले १६ हजार १०२ मत ल्याएर पराजित भएका थिए भने तत्कालिन माओवादी केन्द्रका उम्मेदवार आइन्द्र विक्रम बेघाले ११ हजार १८० मत प्राप्त गरेर तोस्रो भएका थिए ।

प्रमुख तारा सुब्बाको निधन भएपछि यस उपमहानगरमा उपनिर्वाचन भएको हो ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय