• २०८१ जेठ ७ सोमबार

ट्रायथलनमा हिमाल टमटाले जिते स्वर्ण, स्वर्णको संख्या १८ पुग्यो 

kharibot

काठमाडौँ । जारी १३औ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत तेस्रो दिन नेपालले तेस्रो स्वर्ण जितेको छ । नेपालले ट्रायथलनमा स्वर्ण पदक जितेको हो । ट्रायथलनमा हिमाल टमटाले स्वर्ण जितेका छन् भने लक्ष्मण मल्लले ट्रायथलनमा रजत (सिल्भर) पदक जितेका छन् ।

यो संगै आज नेपालले ३ स्वर्ण र एक रजत पदक जितेको छ र अहिलेसम्म नेपालको स्वर्ण पदक संख्या १८ पुगेको छ । नेपालले सोमबार कराँते र तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्दै कुल १५ स्वर्ण जितेको थियो ।

अहिलेसम्म को-कसले जिते पदक :

स्वर्ण पदक विजेता 

कराँतेतर्फ :

१.    कराँते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.    कराँते (टिम काता, महिला) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.    कराँते (टिम काता ,पुरुष)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.    कराँते (५५ केजी) – लक्ष्मण तामाङ
५.    कराँते (८४ केजीमाथि)-विप्लवलाल श्रेष्ठ
६.    कराँते (४५ केजी मुनी)- कुसुम खड्का
७.    कराँते कराते (५० केजी मूनि) अनु अधिकारी 

तेक्वान्दोतर्फ : 

१.    तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ 
२.    तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
३.    तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
४.    तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
५.    तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे
६.    पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
७.    पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

ट्रायथलनतर्फ 

१.    सोनी गुरुङ
२.    हिमाल टमाटा 

उसुतर्फ :

१.    विजय सिंजाली (थाउलो)
२.    सुस्मिता तामाङ (थाउलो थानछ्वान) 

रजत पदक विजेता :

१.    चन्चला दनुवार- कराते (एकल काता) 
२.    दिवस श्रेष्ठ - कराते (८४ केजी मूनि)
३.    कृष्णबहादुर तामाङ - तेक्वान्दो पुम्से (१७–२३ वर्ष)
४.    लक्ष्मण मल्ल (ट्रायथलन) 

कास्य पदक विजेता :

१.    तेक्वान्दो पुम्से (१७–२३ वर्ष) अस्मिन राउत र सिना मादेन लिम्बु
२.    तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ
३.    ट्रायथोलन – बसन्त थारु  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै