• २०८१ बैशाख १४ शुक्रबार

दोहोरो अंकले बृद्धिपछि सबै सुचक बढ्दा नेप्सेमा हरियाली

kharibot

काठमाडौं । साताको चौथो कारोवार दिन बुधबार नेप्सेमा दोहोरो अंकले बृद्धि देखिएको छ । नेप्से आज आठ दसमलव ७३ अंकले बढेर ११ सय २४ दसमलव ४७ बिन्दुमा चढ्दा सेन्सिटिभ एक दसमलव ५२ अंकले बढेर दुई सय ४७ दसमलव ८६ बिन्दुमा चढेको छ ।

एक सय ६९ कम्पनीहरुको चार हजार नौ सय ५१ वटा कारोवारमा नौ लाख ९० हजार दुई सय ७४ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३० करोड ८२ लाख १४ हजार चार सय ६५ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक बढ्दा नेप्सेमा पुरै हरियाली छाएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दसमलव ९६ अंकले बढेर एक हजार २४ दसमलव ३० बिन्दुमा चढ्दा बिकास बैंक समुहको सुचक १० दसमलव ५५ अंकले बढेर १५ सय २७ दसमलव ३० बिन्दुमा चढेको छ ।

यसैगरी जलबिद्युत समुहको सुचक पनि तीन दसमलव चार अंकले बढेर नौ सय २४ दसमलव ६८ बिन्दुमा चढ्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय एक दसमलव ६५ अंकले बढेर चार हजार ६८ दसमलव ५० बिन्दुमा चढेको छ । यि बाहेक जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, लघुबित्त, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । 

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको प्रभु इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य आठ रुपैयाँ ५० पैसाले बढेर तीन सय १९ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको बरुण हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ ९५ पैसाले घटेर ८१ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता आठ सय ६८ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ८२ लाख ४२ हजार नौ सय १६ रुपैयाँको कारोवार भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै