• २०८१ बैशाख १५ शनिबार

साग पदक अपडेट : नेपालले जित्यो कुल २९ स्वर्ण

kharibot

काठमाडौँ । जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले बुधबार थप ६ स्वर्ण पदक जितेर कुल २९ स्वर्ण पदक जितेको छ । सोमबार एकै दिन १५ वटा स्वर्ण जितेको नेपालले मंगलबार भएको खेलमा ८ स्वर्ण जितेको थियो भने बुधबार थप ६ स्वर्ण पदक जितेको हो ।

नेपालले बुधबार साकिलिङमा २ स्वर्ण पदक जित्यो भने तेक्वान्दोबाट पनि थप दुई स्वर्ण पदक जित्यो । त्यस्तै उसु र कराँतेबाट बुधबार थप एक एक स्वर्ण जितेर स्वर्णको संख्या २९ पुर्याएको छ ।     

नेपाललाई साइक्लिङको डाउनहिलतर्फ पुरुषतर्फ राजेश मगर र महिलामा निश्मा श्रेष्ठले स्वर्ण पदक जिताएका हुन् । दक्षिण एशियाली खेलकूदको साइक्लिङमा नेपालले पहिलोपटक स्वर्ण पदक जितेको हो । त्यस्तै तेक्वान्दोमा सक्षम कार्की र संगीता बस्यालले नेपाललाई स्वर्ण पदक जिताएकी छन् ।

त्यसति कराँतेमा अनुपम मगर र उसुमा दीपक हमालले एक एक स्वर्ण पदक जिते ।

पदक तालिका :

नेपालले अहिलेसम्म कराँतेतर्फ १० स्वर्ण पदक जितेको छ भने तेक्वान्दोतर्फ ११ स्वर्ण पदक जितेको छ । त्यस्तै नेपालले उसुतर्फ ३, ट्रायथलन र साइक्लिङमा २-२ स्वर्ण र एथलेटिक्समा एक स्वर्ण जितेको छ ।

योसंगै अहिलेसम्म नेपालको स्वर्ण पदक संख्या २९ पुगेको छ । त्यस्तै रजत पदक संख्या १५ र काश्य पदक २३ गरि कुल ६७ पदक जितेर शिर्ष स्थानमा रहेको छ । त्यस्तै भारतले २६ स्वर्ण २० रजत र १३ काश्य गरि कुल ५९  पदक जितेको छ । त्यस्तै पाकिस्तानले ९ स्वर्ण, १७ रजत र १५ काश्यसहित ४१ पदक जितेको छ ।

त्यस्तै श्रीलंकाले ८ स्वर्ण २१ रजत र ३७ कास्य गरि कुल ६६ पदक जितेको छ भने बंगलादेशले ४ स्वर्ण, ७ रजत र २५ काश्य गरि कुल ३६ पदक जितेको छ ।

त्यस्तै माल्दिभ्सले साग खेलको इतिहासमा नै पहिलो पटक सय मित्र दौडमा स्वर्ण पटक जितेर इतिहास बनाएको छ । माल्दिभ्सले एक स्वर्ण र २ काश्य पदक जितेको छ भने भुटानले अहिलेसम्म ३ काश्य पदक जितेको छ ।

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत सातदोबाटोमा बुधबार भएको कराते प्रतियोगितामा स्वर्णपदक प्राप्त नेपाली खेलाडी । तस्वीर : रत्न श्रेष्ठ 


 

अहिलेसम्म नेपाली खेलाडी को-कसले जिते पदक :
 

स्वर्ण पदक विजेता 
 
कराँतेतर्फ :

१.    कराँते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.    कराँते (टिम काता, महिला) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.    कराँते (टिम काता ,पुरुष)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.    कराँते (५५ केजी) – लक्ष्मण तामाङ
५.    कराँते (८४ केजीमाथि)-विप्लवलाल श्रेष्ठ
६.    कराँते (४५ केजी मुनी)- कुसुम खड्का
७.    कराँते (५० केजी मूनि) अनु अधिकारी
८.    कराँते (६७ केजी ) नविन रसाइली
९.    कराँते (६८ केजी) सुनिता महर्जन
१०.   कराँते (६८ केजी ) अनुपमा मगर  
 
तेक्वान्दोतर्फ : 

१.    तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ 
२.    तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
३.    तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
४.    तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
५.    तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे
६.    पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
७.    पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
८.    तेक्वान्दो – काजल श्रेष्ठ
९.    तेक्वान्दो – वीर बहादुर महरा
१०.   तेक्वान्दो (६७ बर्ष मुनि) – संगीता बस्याल 
११.   तेक्वान्दो (८७ केजी) - सक्षम कार्की    

ट्रायथलनतर्फ 

१.    सोनी गुरुङ
२.    हिमाल टमाटा 

उसुतर्फ :

१.    विजय सिंजाली (थाउलो)
२.    सुस्मिता तामाङ (थाउलो थानछ्वान)
३.    दीपक हमाल (थाउलो)

साइक्लिङ

१.    राजेश मगर – (डाउनहिल पुरुष )
२.    निश्मा श्रेष्ठ – (डाउनहिल महिला)

एथलेटिक्स

१.    सन्तोषी श्रेष्ठ - एथलेटिक्स (१० हजार मिटर)

रजत पदक विजेता :

१.    चन्चला दनुवार- कराते (एकल काता) 
२.    दिवस श्रेष्ठ - कराते (८४ केजी मूनि)
३.    अनु गुरुङ -  कराते (६१ केजी )
४.    कृष्णबहादुर तामाङ - तेक्वान्दो पुम्से (१७–२३ वर्ष)
५.    लक्ष्मण मल्ल- (ट्रायथलन)
६.    भलिबल (महिला)
७.    हुमी बुढा मगर – (ट्रायथलन)
८.   खो खो    

कास्य पदक विजेता :

१.    रेजिन रिमाल - तेक्वान्दो पुम्से (२९ वर्ष माथि)
२.    अस्मिन राउत र सिना मादेन लिम्बु - तेक्वान्दो पुम्से (१७–२३ वर्ष)
३.    जितबहादुर बोट र पार्वती गुरुङ - तेक्वान्दो पुम्से (२३–२९ वर्ष)
४.    शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ - पुरुष टिम पुम्से (१७ –२३ वर्ष) 
५.    कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु - पुरुष टिम पुम्से (२३ वर्षमाथि)
६.    बसन्त थारु – ट्रायथलन
७.    राजीव पुडासैनी – कराँते- टंक कार्की- एथलेटिक्स (१५०० मिटर)
८.    टाँक कार्की – एथ्लेटिक्स (पुरुष १५ सय मिटर)  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै