• २०८१ बैशाख १४ शुक्रबार

प्रचण्डको चीन भ्रमण स्थगित

kharibot

काठमाडौं ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आफ्नो चीन भ्रमण स्थगित भएको बताएका छन्।

बिहीबार सुदुरपश्चिम प्रदेशको धनगढी पुगेका प्रचण्डले पत्रकारहरूसँग चीन भ्रमण हालका लागि स्थगित गरिएको बताएका हुन्। चीन भ्रमण प्रधानमन्त्रीको स्वास्थ्यको कारण स्थगित गरीएको बताएका छन्।

उनले भने, "एउटा एक अध्यक्ष बिरामी हुँदा अर्का अध्यक्ष विदेश भ्रमण जाने कुरा मलाई रमाईलो लागेन।" प्राधनमन्त्रीको घाउ निको हुन अझै एक- दुई महिना लाग्ने डाक्टरहरुले बताएको कारण अहिले विदेश भ्रमणमा नजाने उनले बताए। 

प्रचण्ड मंसिर २४ गते चीन जाने तयारी भए पनि स्थगित भएको थियो। यसअघि प्रचण्ड मंसिर २४ गते पाँच दर्जन नेकपाका नेता/कार्यकर्ता लिएर चीन जाने कार्यक्रम तय भएको थियो।

 

  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै