• २०८१ बैशाख १४ शुक्रबार

नेप्से सकारात्मक दिशामा, सबै सुचक बढे

kharibot

काठमाडौं । साताको अन्तिम कारोवार दिन बिहिबार नेप्से सुचक तथा कारोवार रकम दुबै बढेकाछन । आज नेप्से सात दसमलव ४५ अंकले बढेर ११ सय ३१ दसमलव ९२ बिन्दुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ९१ अंकले बढेर दुई सय ४८ दसमलव ७७ बिन्दुमा चढेको छ ।

एक सय ६८ वटा कम्पनीहरुको छ हजार ८५ वटा कारोवारमा १० लाख ९५ हजार एक सय ८८ वटा कारोवार भएकाछन । जसबाट ३५ करोड ८८ लाख ३९ हजार आठ सय ६० रुपैयाँको सेयर किनबेच भएको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुँदा उत्पादनमुलक बाहेक बाँकी सबै समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दसमलव ११ अंकले बढेर एक हजार २६ दसमलव ४१ बिन्दुमा चढ्दा बिकास बैंक समुहको सुचक छ दसमलव ५३ अंकले बढेर १५ सय ३३ दसमलव ८४ बिन्दुमा चढेको छ ।

जलबिद्युत समुहको सुचक पनि आठ दसमलव ७३ अंकले बढेर नौ सय ३३ दसमलव ४१ बिन्दुमा चढ्दा निर्जिवन बीमा समुहको सुचक पनि ७१ दसमलव ९९ अंकले बढेर चार हजार एक सय ४० दसमलव ५० बिन्दुमा चढेको छ । 

लघुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको समिट माईक्रो फाईनान्स लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ ७८ पैसाले बढेर पाँच सय ६८ रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको दिब्येश्वरी हाईड्रो पावर कम्पनी प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ एक पैसाले घटेर ५३ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता आठ सय ९० रुपैयाँ अन्तिम मुल्यमा तीन करोड ५१ लाख ३१ हजार आठ सय एक रुपैयाँको कारोवार भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै