• २०८१ बैशाख १५ शनिबार

तेक्वान्दोमा भुपेनले जिते स्वर्ण पदक 

kharibot

फाइल तस्बीर

काठमाडौँ । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले तेक्वान्दोमा अर्को स्वर्ण पदक जितेको छ । नेपाली तेक्वान्दो खेलाडी भुपेन श्रेष्ठले स्वर्ण पदक जिताएका छन् ।

पहिलो र दोस्रो राउण्ड निकै प्रतिस्पर्धात्मक भएतापनि श्रेष्ठले तेस्रो राउण्ड आफ्नो पक्षमा पार्न सफल भए  । ८७ केजीमुनि प्रतिस्पर्धा गरेका भुपेनले भारतीय खेलाडी अक्षय होडलाई २९–२६ अंकले हराएर स्वर्ण पदक जित्न सफल भएका हुन् ।

जारी सागमा नेपालले तेक्वान्दोतर्फ जितेको यो १२औ स्वर्ण पदक हो । त्यस्तै नेपालले यस सागमा अहिलेसम्म ३४ स्वर्ण पदक जितेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै