• २०८१ बैशाख १४ शुक्रबार

भारोत्तोलनमा सञ्जु चौधरीले जितिन् ऐतिहासिक स्वर्ण

kharibot

फाइल तस्बीर

पोखरा । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले भारोत्तोलनमा स्वर्ण पदक जितेर इतिहास रचेको छ । भारोत्तलनको महिला ५९ केजी तौल समूहमा नेपालकी सञ्जु चौधरीले स्वर्ण पदक जितेकी हुन् । सञ्जुले श्रीलंकाका खेलाडीलाई पराजित गर्दै ऐतिहासिक स्वर्ण पदक जितेकी हुन् ।

नेपाली महिला खेलाडीले भारोत्तलनमा स्वर्ण पदक जितेको यो पहिलो पटक हो भने सन् २००६ पछि नेपालले भारत्तोलनमा पहिलो पटक स्वर्ण पदक जितेको छ ।

पोखरामा बिहीबार सम्पन्न खेलमा सञ्जुले स्न्याचमा ७४ र क्लिन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमानसहित जित हासिल गरेकी हुन् ।

श्रीलंकन खेलाडी आरएमएनएस राजापाक्षाले स्न्याचतर्फ ७० र क्लीन एण्ड जर्कमा ९१ गरी १६१ केजीका साथ रजत र बंगलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १६० केजी भार बहन गर्दै कास्य पदक जितेका छन् ।

यो सँगै नेपालले जारी सागमा विहिबार सात स्वर्ण पदक जितेको छ भने कुल स्वर्ण पदकको संख्या ३६ पुगेको छ । नेपालले विहिबार उसु र साइक्लिङमा २-२ स्वर्ण पदक जितेको छ भने पौडी, तेक्वान्दो र भारत्तोलनमा एक स्वर्ण पदक जितेको छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै